शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • मार्तडी आइसोलेसनमा राखिएको बच्चाको अबस्था चिन्ताजनक

मार्तडी आइसोलेसनमा राखिएको बच्चाको अबस्था चिन्ताजनक

  • शुक्रबार, जेष्ठ १६, २०७७
मार्तडी आइसोलेसनमा राखिएको बच्चाको अबस्था चिन्ताजनक

बाजुराको सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा राखिएको बच्चाको अबस्था चिन्ताजनक रहेको उपचारमा खटिएका चिकित्सक तथा अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । उनको अबस्था जटिल बनेपछि अक्सिजन दिएर उपचार भइरहेको छ ।
२ बर्षका उक्क्त बच्चामा पखाला, ज्वरो, श्वासप्रश्वास समस्या बाट ग्रसित रहेका छन, बच्चाको उपचार त गरिरहेका छौ, तर अबस्था भने निकै चिन्ताजनक रहेको चिकित्सकले वताएका छन् । ६ अगाडी उनको परिवार भारत बाट आएका थिए । भारत बाट आएर बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो, त्यहाँ बच्चा बिरामी भएपछि, अबस्था चिन्ता जनक भएपछि बिहिवार साझ सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा ल्याइएको थियो ।
बच्चा सँग आइसोलेसनमा उनका आमा र बुवा समेत राखिएको छ । बच्चा भारत बाट आउदै बाटोमा बिरामी भएको आफन्तले जनाएका छन् । धुरालशैन क्वारेनटाइनमा उपचार गरयौ सञ्चो नभएपछि रिफर गरिएको एक स्वास्थ्यकर्मीले बडिमालिका खबरलाई बताएका छन् । बिरामी बच्चा र आमा बुवाको स्वाब संकलन गरेर धनगढि प्रयोगशालमा पठाउने तयारी रहेको डा. बिश्वकर्माले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार