• होमपेज
  • देश
  • कर्मचारीको भत्ता कटौती : रिक्त दरबन्दी रोक्का

कर्मचारीको भत्ता कटौती : रिक्त दरबन्दी रोक्का

  • बिहिबार, जेष्ठ १५, २०७७
सेयर गर्नुहोस् :
कर्मचारीको भत्ता कटौती : रिक्त दरबन्दी रोक्का

काठमाडौं : सरकारले प्रशासनिक खर्च कटौती गर्ने भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि प्रशासनिक खर्च कटौती गरेको हो।

सरकारले कार्यालय सञ्चालन, इन्धन, मर्मत, वैदेशिक भ्रमण, सवारी साधन खरिद र मर्मत लगायत खर्चमा बजेट कटौती गरेको हो। बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७ ७८ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन्। उनले कोरोनाको उपचार र रोकथाममा खटिने  चिकित्सक, स्वास्थ्यकर्मी बाहेकका राष्ट्रसेवकलाई दिइने प्रोत्साहन, जोखिम, अतिरिक्त समय भत्ता, खाना, खाना भत्ता  खारेज हुने बताएका छन्। त्यसैगरी सरकारले अत्यावश्यक सेवा दिने कार्यालयबाहेकका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्तिसमेत रोक्का गरेको छ।

चर्चामा

सम्बन्धित समाचार