शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • रुकुम घटना : थप एकजनाको शव भेटियो, मृतकको संख्या पाँच पुग्यो

रुकुम घटना : थप एकजनाको शव भेटियो, मृतकको संख्या पाँच पुग्यो

  • बिहिबार, जेष्ठ १५, २०७७
रुकुम घटना : थप एकजनाको शव भेटियो, मृतकको संख्या पाँच पुग्यो

जाजरकोट :  गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका थप एकजना मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका ४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि करिब ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका १३ कालाभिर नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए ।

स्थानीयले सञ्जुको शव नदीमा फेला पारेको र मुचुल्काका लागि प्रहरी घटनास्थलतर्फ गएको डीएसपी श्रेष्ठले बताए । लोकेन्द्रको शव स्थानीयले फेला पारेका हुन् ।

यो सँगै मृतकको संख्या पाँच पुगेको छ । भेरी नगरपालिका वडा नम्बर ११ का  गोविन्द शाही भने अझै बेपत्ता  छन् । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको थियो ।

केटी भगाउन भनेर १० जेठमा जाजरकोटबाट गएका नवराज सहितका १९ जनामाथि सोतीका स्थानीयले आक्रमण गरेका थिए । मल्ल थरकी युवतीले बोलाएपछि उनलाई लिन जाँदा युवतीको घर नपुग्दै आक्रमण भएको थियो । घेराबन्दी गरेर आक्रमण गरेका गाउँलेले कुटपिट गर्नुका साथै कतिपयलाई नदीमा होमिन बाध्य बनाएका थिए ।

पीडितपक्षले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २० जना विरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरी १२ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको र अन्यको खोजी भइरहेको जनाएको छ । #साभार अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार