शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • बाजुराका ४७ जनाको पिसिआर रिपोट कोरोना नेगेटिभ

बाजुराका ४७ जनाको पिसिआर रिपोट कोरोना नेगेटिभ

  • बिहिबार, जेष्ठ १५, २०७७
बाजुराका ४७ जनाको पिसिआर रिपोट कोरोना नेगेटिभ

बाजुराका ४७ जनाको पिसिआर रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । जेठ ९ गते भारत बाट आएका ४७ जनाको पिसिआरका लागि स्वाब धनगढी पठाएको थियो । प्रयोगशाला बाट सबैजनाको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यलय बाजुराका अशोक सिंहले बडिमालिका खबरलाई बताएका छन् ।
४७ जनाको पिसिआर रिपोट नेगेटिभ आएपछि सबैलाइ घर पठाईएको छ । ४४ जना बडिमालिका नगरपालिकाको मालिका उमाबि क्वारेनटाईनमा, २ जना बुढिनन्दा नगरपालिकाको होम क्वारेनटाईन् र १ जना स्वामीकार्तिक गाँउपालिकाको पिलिचौर क्वारेनटाइनमा राखिएका थिए । रिपोट नेगेटिभ आएपछि सबैलाई घर पठाउने काम भएको छ ।
४७ जना मध्ये बडिमालिका नगरपालिकाका ७ जना, खप्तडछेडेदह गाँउपालिका २० जना, स्वामीकार्तिक गाँउपालिकाका १६, हिमालीका १ र बुढिन्नदाका ३ जना गरि ४७ जना रहेका छन् । जेठ ९ गते भारत बाट आएका ४७ जनाको पिसिआर लिएको भएपनि त्यसपछि भारत बाट आएका भने कसैको पनि टेष्ट गरिएको छैन्, पछिल्लो समयमा भारत बाट आउनेको संख्या बढिरहेको छ । बाजुरा नै कोरोनाको उच्च जोखिममा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार