शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पीसविन बाजुराद्धारा जिल्लाका तीन स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पीसविन बाजुराद्धारा जिल्लाका तीन स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण

  • बुधबार, जेष्ठ १४, २०७७
पीसविन  बाजुराद्धारा जिल्लाका तीन स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण

बाजुरा– जिल्लाका तीन स्थानीय तहलाई पिसवीन बाजुरा नामक गैर सरकारी संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । काेराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागि भनेर  जिल्लामा लामो समयदेखि शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएको पीसविन बाजुराद्धारा संचालित युवा शसक्तिकरण बुलगारी परियोजनाको सहयोगमा जिल्लाका बडिमालिका, त्रिबेणी र बुढिगंगा नगरापालिका गरि तीन स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको युवा शसक्तिकरणका कार्यक्रम संयोजक धर्मबहादुर रोकायाले बताए ।


जिल्लाका बडीमालिका,बुढीगंगा र त्रिवेणी नगरपालिकालाई आवश्यक स्वास्थ्य सामग्री सहयोग सहित हस्तान्तरण गरेको राेकायाले बताएका छन् । तीन वटै नगरपालिका गरि ५ ला ७२ हजार २ सय ५९ रूपैँया बराबरकाे स्वास्थ्य सामग्री दिइएको हो । बुधबार एक अनौपचारिक कार्यक्रमका बीच तीनवटै नगर प्रमुखलाई  नगरपालिकामै पुगेर सामग्री बुझाइएको हो । सेभ द चिल्ड्रेन,पीसविन बाजुरा युवा शसक्तिकरण बुलगारी परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा नगरपालिकाहरुलाई हस्तान्तरण गरिएको हो ।
प्रत्येक नगरपालिकालाई एक लाख ९० हजार ७५ रुपैयाका दरले पाँच लाख ७२ हजार २५९ रुपैया ६५ पैसा बराबरको सामग्री दिएको कार्यक्रम संयोजक रोकायाको भनाई रहेको छ ।


तीन वटै नगरपालिकालाई पिपिइ सेट बडीमालिकालाई २५ वटा,ब्ढीगंगालई २३ र त्रिवेणीलाई २५ वटा सेट दिइएको छ । यस्तै एप्ब्रन २० का दरले तीन वटै पालिकामा, एन ९५ माक्स २०,१८, र १८ , गन थर्मामिटर ,दुइका दरले कोरना भाइरस पोष्टर, हातधुने साबुन र प्लाष्टिक बाटा गरी १३ प्रकारका स्वास्थ्य सामग्री दिएको सेभ द चिल्ड्रेनका प्रेम पुनले बताए  ।


परियोजना संचालन भइरहेका तीन वटै पालिकामा रहेका १४ वटा माध्यमिक विद्यालयका लागि समेत सहयोग गर्ने बताइएको छ । नोबेल कोरना भाइरसको संक्रमणका बेला स्वास्थ्य सामग्री सहयोगले राहत पुगेको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताएका छन् । उनले महामारीका बेला सहयोग गरेकोप्रति सहयोगी संस्थालाई धन्यवाद दिएका छन् । कोभिड–१९ का बेला सबैले एकताबद्ध भए सहयोग गर्न आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार