शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • पश्चिम रूकुम बिभत्स हत्याकाण्डकाे बिरूद्धमा बाजुरा नेबिसंघकाे बिराेध प्रदशन

पश्चिम रूकुम बिभत्स हत्याकाण्डकाे बिरूद्धमा बाजुरा नेबिसंघकाे बिराेध प्रदशन

  • बुधबार, जेष्ठ १४, २०७७
पश्चिम रूकुम बिभत्स हत्याकाण्डकाे बिरूद्धमा बाजुरा नेबिसंघकाे  बिराेध  प्रदशन

बाजुरा–  नेबिसंघ बाजुराले पश्चिम रुकुमका नवराज बिक लगाएत तिनजना को बीभत्स हत्या सहित दर्जनौं बेपत्ता पारेको र बाजुरा जिल्लाकै युवा विद्यार्थी कमल उखेडाको हत्याको छानबिन गरि दोषीलाई कार्वाही गर्न माग गर्दै आज प्रदर्शन गरेको । कम्युनिस्ट सरकारकै आडमा दिनहु यस्ता अमानवीय घटना घटेको भन्दै नेबि संघ त्रिभुवन विश्वविधालय समिती सचिव,कांग्रेस युवा नेता योगेन्द्र रावलले नेपालको संबिधान २०७२ ले नै जातिय विभेद अन्त्य गरेको र उक्त घटना मनवअधिकार को बिरुद्द भएको बताउनु भयो। नेता रावलले नेबि संघ जहिले पनि कानुनी राज्यको पक्षमा रहेको भन्दै जिल्लामा दलित भएकै कारण कसैले ज्यान नै मार्छ भने आफू शिरमा कालो पट्टि बाधेर सडकमा उत्रिने बताए । रावलले हिजो कम्युनिस्टहरुले दलितको मतकै कारण सत्तामा पुगेको र उनिहरुलाई नै अहिले दवाउने कार्य भैरहेको भन्दै यी दुबै घटनाको मात्र होईन निर्मला बलात्कार पछि हत्या काण्डका दिषिसमेतको सत्यतथ्य छानबिन गरि दोषी उपर कार्वाही गर्न माग गरेका छन। कार्यक्रम नेबिसंघ उपाअध्यक्ष जनक थापाले हामी निरन्तर अन्यायको बिरुद्द लड्ने बताए ।

नेबिसंघ सुदुर-पश्चिम-काठमाडौं सम्पर्क समिति उपाध्यक्ष भरत बुढाले जिल्लामा कमल उखेडा दलित भएकै कारण मर्नुपर्ने अवस्था कसरी सृजना भयो? प्रश्न गरे कार्यक्रममा विद्यार्थी नेता दिपक रोकाया लगायत दर्जनौ नेता कार्यकर्ताको उपस्थिति थियो। नेबिसंघले लकडाउनको समयमा पनि सामाजिक दुरि कायम गरि सभ्य रुपमा बिरोध प्रदर्सन गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार