“विश्वास घात”
संसार त आमाबाबाको
पैतला मुनी हुँदोरहेछ
तिमी त केवल एक फगत
स्वार्थको दलदलमा फेसेको नमूना
मायाको कार्टुन नारीको नाउमा कलंक
कसैलाई जान्दिनौ माया गर्न
जान्दिनौ अरुको सम्मान गर्न
धोखेबाजको दर्जा पाएकी तिमी
के नै आउँछ र घात गर्न बाहेक
अरुलाई धोका दिन बाहेक
जब,
तिम्रो रुपले आफैलाई घृणा गर्ने छ
अनि थाहा पाउनेछौ
जीवनको सार्थकता
मायाप्रेमको परिभाषा
अरुलाई धोका दिदाको फल
अनि जल्ने छ तिम्रो अस्थिपन्जर
पापको तातो रापमा
भतभती पाक्ने छ मुटु
ढड्किने ढड्कन जतिखेर तिमी
यमलोकमा हुनेछौ पश्चातापमा ।
तिमीलाई,
सम्मान गरिरहें मैले नारी भनेर
माया गरिरहें आफ्नै सम्झेर
मनमुटुमा सजाइरहें सदासर्बदा
मपनि नारीकै गर्भमा
नौ महिना बसेको छु
सम्मान गर्छु अपमान होइन
म त भन्छु
नारी सृस्टी हुन्, दृस्टी हुन्, आमा हुन्
संसारको रचनाकार, कलाकार
सबै थोक नारी नै हुन्
थाहा छ मलाई
पुरुष नारीको सहयात्री
अन्तर मनबाटै कर्तव्य पालन गर्छ
बीउ छर्छ नारीको जति परिभाषा
नहोला पुरुषको तैपनि
एकै रथको दुई पांग्रा नारी पुरुष
त्यसैले,
सम्मान गर्छु पुरुषलाईपनि
जसको बिउले यो पृथ्वीमा आएँ
नारीरुपी सुन्दर फूलमा
पुरुषे भमराको पराग सेचन
पश्चात जन्मिएको म ।
अब तिमी आफै भन
कसरी म नारी र पुरुषलाई
सम्मान नगरुँ ?
आमाबालाई भगवानको दर्जा कसरी नदिउँ ?
जो आमा र बाबाको छहारीमा छु
जसले तातेताते गर्दै बोल्न सिकाए
हात समाइ आफ्ना पैतालामा
यी पैताला मिलाइ हिड्न सिकाए
संस्कार सिकाए, जीउन सिकाए
यस्तै धेरै कुरा सिकाए र त मैले
आमबाकै पैतला मुनी संसार भेटेको छु ।
यस्तो लाग्दै छ अचेल
तिमीलाई खर्चेको समय
तिमीलाई गरेको मायाप्रेम
तिमीलाई दिएकोको सहयोग
यी तमाम काम मलाई जन्म दिने
बुढा आमा र बाबालाई दिएको भए
सायद,
ती गुच्छे च्याउ जस्ता खुम्चिएका मुहारमा
खुशीको धर्सो देख्न सकिन्थ्यो
ती नयनमा आशाको किरण भर्न सकिन्थ्यो ।
यस्तो लाग्थ्यो,
तिमी नै सर्श्व हौ जतीबेला सम्म
तिम्रो चरीत्र बुझ्न सकिन
तिमीलाई आफ्नै ठानी रहेँ
पिठ्युँबाट छुरा पोप्दापनि विश्वास गरीरहेँ
आज छर्लङ्ग भयो तिमीलाई माया त के
घृणा गर्नपनि सुहाउदैन पटक्कै सुहाउँदैन
आजबाट एउटा घाती घटाएँ
तिम्रो नाम दिलैबाट हटाएँ
धोखेबाजलाई डाँडो कटाएँ
मेरो सामु पर्दै नपर्नु
पापले सिंचित त्यो क्रुर मुहार हेर्नू छैन
मेरो निम्ति मरेको ए ! मान्छे ।