बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • “सिताका केही साइनो”

“सिताका केही साइनो”

  • मङ्लबार, जेष्ठ १३, २०७७
“सिताका केही साइनो”

साइनाे १
हतार गर्छन् सबै
हिमाल भई अग्लिन
हात छाेडेर खुट्टा तान्दै।

साइनाे २
बढ्याे मृत्यु दर
नदेखिने भाइरस
छिमेक सँगै शूल पस्याे।

साइनाे ३
परदेशी बबुराे
एकान्त कुनामा एक्लै
अाँखाभरि देश अाँगन।

साइनाे ४
फराकिलो मन छ
दृष्टि साँघुरो नपार
लिई नबिर्स दिई हैन।

साइनाे ५
बाेली वचन मीठाे
लाउँदै गराैं साइनाे
साटाैंला सधैं अाटाे पिठाे।

साइनाे ६
कमिसनको खेल
किमार्थ जाल र झेल
सत्ता बारम्बार बेमेल।

साइनाे ७
पुर्खाकाे उँचाे शिर
स्वाभिमान नझुकाई
हट्ने हैन डटेर बाँचाैं।

चर्चामा

सम्बन्धित समाचार