शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रेस युनियनको २९ औँ स्थापना दिवस बाजुरामा पनी मनाईयो

प्रेस युनियनको २९ औँ स्थापना दिवस बाजुरामा पनी मनाईयो

  • मङ्लबार, जेष्ठ १३, २०७७
प्रेस युनियनको २९ औँ स्थापना दिवस बाजुरामा पनी मनाईयो

 राजेन्द्र बहादुर राेकाया — आज देशभरका ७७ वटै जिल्लामा नेपाल प्रेस युनियनको २९ औँ स्थापना दिवस् मनाइ रहँदा जिल्ला शाखा बाजुराले समेत आफ्नो २९ औं स्थापना दिवश मनाएको छ । यतिबेल कोरोना भाइसरको महामारीले गर्दा नेपाल देशमा समेत लकडाउन जारी छ । अहिलेको यो बिषम परिस्थतीमा जिल्लाका पत्रकारहरुले कसरी काम गरीरहेका छन् भन्ने बिषयमा समेत छलफल भएको छ । कोरोना महामारी नियन्त्रण गर्न कसरी सक्रिय हुने र आगामि दिनमा पत्रकारको हकहितका लागि नेपाल प्रेस युनियनको भुमिका कस्तो रहने लगायतका विषयमा समेत नेपाल प्रेस युनियनमा आबद्ध पकारहरुले छलफल समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै बडिमालिका नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी पदम बडुवालले कोही गलत बाटोमा हिडेको थाहा पाउदा सही बाटो देखाउने माध्याम भनेकै पत्रकार भएको बताउनुभयो । उहाँले पत्रकारले राम्रा नराम्रा दबै पक्षलाई आत्मसाथ गर्दै आफ्नो पेशालाई अब्बल बनाउदै जान शुभकामना समेत दिनुभएो छ । कार्यक्र बडिमालिका नगरपालिकाका नगर प्रमुख तथा नेपाली काँग्रेस बडिमालिका नगरपालिकाका नगर कार्य सभापती पदम बडुवालको प्रमुख आथित्यतामा संचालन भएको थियो ।

बडिमालिका नगरपालिका वडा न. ८ का अध्यक्ष प्रकाश रावल, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य दयाराम पण्डित, नेपाल पत्रकार महासंघ बाजुराका सभापती तथा सामाजिक अभियान्ता प्रकाश सिंह, नेबिसंघ बाजुराका कार्यवाहक अध्यक्ष जनक थापा लगाएत बिषिष्ट अतिथी रहनु भएको थियो । उक्त कार्यक्रमको संचालन बाजुरा शाखाका सचिव प्रशान्तराज जोशीले गर्नुभएको थियो । कार्यक्रम लकडाउनको पर्ण पालना गरी दुरीकायम, मास्क लगाउने सेनिटाजर सहितको ब्यबस्थामा बडिमालिका नगरपालिकाको सभाहलमा संचालन गरीएको थियो ।

चर्चामा

सम्बन्धित समाचार