शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • डिप्रोस लघुबित्त बित्तीय सस्थां लि.द्धारा राहत बितरण

डिप्रोस लघुबित्त बित्तीय सस्थां लि.द्धारा राहत बितरण

  • मङ्लबार, जेष्ठ १३, २०७७
डिप्रोस लघुबित्त बित्तीय सस्थां  लि.द्धारा राहत बितरण

बाजुरा–  डिप्रोस लघुबित्त बित्तीय संस्था बाजुरा शाखाद्धारा बडिमालिका नगरपालिकामा राहत साम्रगी हस्तान्तरण गरिएको छ । प्रालिको सामाजिक उत्तरदाईत्व अन्तरगत राहत साम्रगी हस्तान्तरण गरेको डिप्रोस लघुबित्तीय प्रालिका बाजुरा शाखा प्रमुख रामहरी पराजुलीले बताएका छन् ।
कोरोना भाईरसको रोकथाम तथा बडिमालिका नगरपालिका वडा ८ लाई राहत साम्रगी हस्तान्तरण गरी नगरपालिका भरीका बिपन्न तथा मजदुरलाई बितरण गर्ने गरी राहत साम्रगी हस्तान्तरण गरेको पराजुलीले जानकारी दिलएका छन् ।
बडिमालिका नगरपालिका वडा ८ मा रहेका क्वारेन्टाइन ब्यबस्थापनका लागि भने सो साम्रगी हस्तान्तरण गरीएको बाजुरा शाखा प्रमुख पराजुलीले जानकारी दिएका छन् ।
राहत साम्रगीमा चामल दाल तेल नुन गरी २० हजार बराबरको साम्रगी एक कार्यक्रमका बिच वडा न ८ कबा वडा अध्यक्ष प्रकाश रावललाई हस्तान्तरण गरीएको संस्थाका प्रमुख पराजुलीले जानकारी दिएका छन् ।
यता राहत साम्रगी बुझ्दै वडा अध्यक्ष प्रकाश रावलले नाफामुलक संस्था भए पनी मानबिय सेवामा लागेको संस्थालाई धन्यबाद समेत ब्यक्त गरेका छन् । संस्थाले जुन उदेस्यमा राहत दिएको छ सोही बमोजिम लाभ दिन सक्ने नागरिकलाई सो राहत बितरण गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार