शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • कुनै पनि कर्मचारीलाइ राजनितिक दृष्टिकोणले हेर्नू हुदैन बडिमालिकाका प्रमुख प्रशासकीय अधिकृत : अर्याल ( भिडियाे सहित)

कुनै पनि कर्मचारीलाइ राजनितिक दृष्टिकोणले हेर्नू हुदैन बडिमालिकाका प्रमुख प्रशासकीय अधिकृत : अर्याल ( भिडियाे सहित)

  • मङ्लबार, जेष्ठ १३, २०७७
कुनै पनि कर्मचारीलाइ राजनितिक दृष्टिकोणले हेर्नू हुदैन बडिमालिकाका प्रमुख प्रशासकीय अधिकृत : अर्याल ( भिडियाे सहित)

लक्ष्मीराज पाध्याय– बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यज्ञराज अर्यालले जिल्लामा आउने कर्मचारीहरुमाथी कुनै दलले राजनितीक दृष्टीकोणबाट नहेर्न आग्रह गरेका छन् । बडिमालिका खवरको समसामुहिक बिषयका सम्बादमा प्रमुख प्रशासकिय अधिकृत अर्यालले यस्तो बताएका हुन ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले के काम गरिरहेका छ भन्ने बिषयको बहसम अर्यालले जिल्लामा पछिल्लो समय बिद्यार्थी संगठनहरुले जे गरिरहेका छन त्यो एकदम नराम्रो भएको बताए । आधिकारीक टे«ड युनियनमा हुने कर्मचारीहरुले अलीअलि राजनिति गरे पनी सबै जसो देशका सेवामा सर्मपीत भएर नै काम गरिहने कर्मचारीहरुलाई कुनै पनी पाटी संगठनहरुले गर्न नहुने बताएका छन् ।
यतिबेला बिश्व कोबिट १९ बाट ग्रस्त भएको समयमा बडिमालिका नगरपालिकाले पनी मास्क सेनिटाइजर र राहत बितरण गर्ने कार्य सम्पन्न भइसकेको छ । जिल्ला बाहिर रहेका नागरिकको लागत लिएर के कसरी हुन्छ उनीहरुलाई राहतको प्याकजे ल्याईसकेकोले जुनसकै हालतमा पनी राहत बितरण गरिने प्रमुख प्रशासकिय अधिकृत अर्यालको भनाई रहेको छ ।
लकडाउनका कारण समस्यामा परेका जिल्ला बाहिर रहेका हरुलाई ल्याउने कार्य पनी गरिरहेको बताएका छन् । त्यसै गरी बिकास निर्माणको कार्य पनी सुस्त गतीमा सामाजीक दुरी कायम गरेर काम गर्न लगाएको बताए । त्यसो नगरे सानो सानो काम गरेर खाने बर्गको चुलो नबल्ने भएकोले बिकास निर्माण कार्यलाई पनी अगाडी बढाएको उनले बताए ।
हाल लकडाउनको समस्याले बिकास निर्माणमा बाधा भएको र केही काम भएको भए रनिङ बिल उठाएर भुक्तानी दिने कार्य पनी गरीरहेको प्रमुख प्रशासकिय अधिकृतको भनाई रहेको छ ।  यतिबेला बिश्वसंगै हाम्रो नगरपालिका समेत कोरोना भाइरसका कारण आक्रान्त भएको छ र यस्तो बिषम परिस्थतीमा जो जहा छौँ त्यही बसेर धैर्यता गर्ने बडिमालिका खवर मार्फत आग्रह गर्दछु अर्यालले बताए ।

https://www.youtube.com/watch?v=YeCXYK3msJc

चर्चामा

सम्बन्धित समाचार