• होमपेज
  • देश
  • शुदुरपश्चिमका ५ कोरोना संक्रमितसंगै गौरीफन्टाबाट बाजुराका २२ जना आएका थिए

शुदुरपश्चिमका ५ कोरोना संक्रमितसंगै गौरीफन्टाबाट बाजुराका २२ जना आएका थिए

  • मङ्लबार, जेष्ठ १३, २०७७
शुदुरपश्चिमका ५ कोरोना संक्रमितसंगै गौरीफन्टाबाट बाजुराका २२ जना आएका थिए

शुदुरपश्चिमका ५ कोरोना संक्रमितसंगै गौरीफन्टाबाट बाजुराका २२ जना आएकाे खुल्न आएकाे छ । जेठ ८ गते भारतबाट धनगढी भित्रिएका पाँच जनामा कोरोना पुष्टि भईसकेको छ। जेठ १० गते चार र ११ गते एक जना गरी पाँच जनामा कोरोना पुष्टि भएको हो। उनीहरु मध्ये चार जना बैतडीको शिवनाथ गाउँपालिकाका छन् भने एक जना अछामको मेल्लेखका छन्। तिनिहरु सँग बाजुराका २२ जना आएका थिए । तिनिहरु बाजुरामा कुन क्वारेनटाइनमा रहेका छन्, काे हुन जिल्लामा भने कुनै जानकारी नभएकाे पाइएकाे छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले भने ९ वा १० मा आएकाे हुन सक्ने बताएका छन् । जेठ ८ गते ३९ जिल्लाका दुई हजार चार सय ९८  गौरीफन्टाबाट बाट प्रबेश भएका थिए । संक्रमित पाँच जना बाहेक सबैलाई अहिले स्थानीय तहको क्वारेन्टाईनमा राखिएको छ। तर परीक्षण हुन सकेको छैन्। सो दिन गौरीफन्टाबाट उद्धार गरिएका नेपाली मध्ये सबैभन्दा बढी बैतडीका ८ सय २९ जना थिए।

शनिवार बैतडीको शिवनाथ गाउँपालिका  वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषलाई कोरोना पुष्टि भएको थियभो भने आईतबार अछामको मेल्लेख गाउँपालिका वडा नम्वर ४ का ३२  वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उनीहरुको सेती अस्पतालमा उपचार भईरहेको छ।

पाँचै जना कोरोना संक्रमित पुरुष ८ गते गौरीफन्टा नाकाबाट फर्किएका थिए। सीमा नाकामा गरीएको परीक्षणमा कोरोनाको लक्षण देखिएपछि उनीहरुलाई ८ गते रातिदेखि नै सेती अस्पतालको आईसोलेनमा राखिएको थियो। गौरीफन्टा नाकाबाट उनीहरुसँगै सोही दिन दुई हजार चार सय ९८ जनाको उद्धार गरिएको थियो भने झण्डै ६ सय जनाको मात्रै ¥यापिड टेस्ट गरिएको थियो।

चर्चामा

सम्बन्धित समाचार