• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा प्रत्येक वडा एउटा क्वारेनटाइन अनिवार्य बनाउनुपर्ने

बाजुरामा प्रत्येक वडा एउटा क्वारेनटाइन अनिवार्य बनाउनुपर्ने

  • मङ्लबार, जेष्ठ १३, २०७७
बाजुरामा प्रत्येक वडा एउटा क्वारेनटाइन अनिवार्य बनाउनुपर्ने

बाजुराका ९ वटा स्थानिय तहका ६९ वडामा एउटा एउटा अनिवार्य क्वारेनटाइन बनाउनु पर्ने भएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यबस्थापनले यस्तो निर्णय गरेको छ । निर्णय सँगै सबै स्थानिय तहलाई प्रत्येक वडामा क्वारेनटाइन बनाउन पत्रचार गरेको निमित्त प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले वताएका छन् ।
पछिल्लो समयमा भारत बाट आउनको संख्या बढेपछि यस्तो निर्णय गरेको हो । जिल्लामा ३६ वटा क्वारेनटाइन भएपनि तिनिहरुको क्षमताले धान्न नसक्ने भन्दै जिल्ला स्तरीय कोभिड १९ संकट ब्यबस्थापनले यस्तो निर्णय गरेको जिल्ला विकास समन्वय अधिकारी नरेन्द्र रोकायाले वताएका छन् । अहिले एउटा अनिवार्य बनाउन भनेका छौ, आबश्यक परे भने एउटै वडामा अन्य धैरै पनि बनाउनु पर्ने रहेको रोकायाले वताएका छन् । सोमवार सम्म बाजुरामा ३६ क्वारेनटाइनमा ६ सय १८ जना बसिरहेका छन् । केही क्वारेनटाइनमा बासस्थानको समस्या भएको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार