बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • मार्तडीमा रहेको क्वारेनटाइन उच्च जोखिममा, सिधै जनसम्पर्कमा

मार्तडीमा रहेको क्वारेनटाइन उच्च जोखिममा, सिधै जनसम्पर्कमा

  • सोमवार, जेष्ठ १२, २०७७
मार्तडीमा रहेको क्वारेनटाइन उच्च जोखिममा, सिधै जनसम्पर्कमा

सदरमुकाम मार्तडी रहेको मालिका उच्च माबिको क्वारेनटाइन उच्च जोखिममा रहेको छ । बडिमालिका नगरपालिका नगरपालिकाले स्थापना गरेको क्वारेनटाइनमा बसेकाको सिधै बाहिर सम्पर्क भएको पाईएको छ ।
बडिमालिका खबरले गरेको स्थलगत अनुगमनमा क्वारेनटाइन उच्च जोखिममा रहेको भेटाएको छ । यो समचार तयार पार्दा सम्म उक्क्त क्वारेनटाइनमा भारत बाट आएका ९३ जना बसिरहेका छन् । खाना पकाएर बाहिर बाट र प्रहरी पनि डिउटिमा बाहिर बाट जाने भएकाले क्वारेनटाइन उच्च जोखिममा रहेको स्थानियले वताएका छन् ।


खाना खुवाउने जिम्मा नजिकै रहेको होटलको रहेको छ । उनिहरु खाना पकाएर भित्र पुयाउने गरेका छन् । खाना अर्को भाडा हाल्दा वा खाना दिदा कुनै सामाजिक दुरी कायम गरेको देखिदैन् । अर्को गेट नजिक पानिको धारा र शौचालय रहेका छन् । त्यहाँ क्वारेनटाइनमा बसेका आइरहने हुन्छ, खाना खुवाउने र प्रहरी त्यहि बाटो भएर हिडने र नजिकै हुने गरेका छन् । प्रहरी र खाना खुवाउने होटलको भित्र क्वारेनटाइनमा बसेका सँग सम्पर्क रहेको छ उनिहरुको सिधै बाहिर जनमासमा सम्पर्क रहेकाले यो क्वारेनटाइन उच्च जोखिममा का साथै सिधै जनसम्पर्कमा रहेको छ ।


होटल सञ्चालक सबै सदस्यहरु अन्य स्थानियको सम्पर्कमा आइरहेका छन्, बजारमा दाल तरकारी किन्न आइरहेका हुन्छन्, भित्र जाँदा सामाजिक दुरी कायम भएको देखिदैन्, सबैको बिद्यालयको ढोका एउटै छ, यसले गर्दा झन जोखिम रहेको छ । होटल सञ्चालक र प्रहरीलाई होम क्वारेनटाइन वा अन्य जनताको सम्पर्क भन्दा टाढा नभएकाले सिधै जनमानस सँग सम्पर्क रहेको बडिमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत यज्ञराज अर्यालले वताएका छन् । क्वारेनटाइन उच्च जोखिममा रहेको स्वीकार समेत गरेका छन् । ब्यबस्थापन गर्न समस्या भएको छ, ब्यबस्थापन गर्न लाग्ने बताएका छन् । होटल सञ्चालकले भने सामाजिक दुरी कायम गरेर खाना खुवाइरहेको दाबि गरेका छन् ।
जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख टंक प्रसाद भट्टराईले जोखिमतालाइ मध्यनजर गरेर आइतबार बाट ५ जना डिउटीमा खटिने प्रहरीलाई बानियाँ होटलमा राखेर डिउटी सञ्चालन गर्न लगाएको बताए । बाहिर बाट खाना जाने गरेको छ, होटल सञ्चालक पनि बजार तिर सामान किन्न जानुपर्ने बाध्यताले जोखिम रहेको वताएका छन् । यसरी क्वारेनटाइन बाट सिधै स्थानिय सँग सम्पर्क हुँदा पनि सम्बन्धि निकायले वेवास्ता गरेको देखिन्छ । अहिले क्वारेनटाइनमा बसेका सबै भारत बाट आएका हुन्, उनिहरु रेडजोन ठाँउ बाट आएका हुन्, उनिहरुको कोरोनाको चेकजाँच समेत भएको छैन्, यसरी बाहिर भित्र सम्पर्क भइरहयो भने बाजुरा नै कोरोनाको उच्च जोखिममा रहेको देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार