सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार २४

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार २४

  • सोमवार, जेष्ठ १२, २०७७
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार २४

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । गएको चौबीस घण्टाभित्र भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित देखिएका छन् ।

भारतमा गएको चौबीस घण्टामा ६ हजार ९७७ नयाँ संक्रमित देखिएका छन् । ‘नवभारत टाइम्स’ का अनुसार यो संख्या अहिलेसम्मकै सबैभन्दा ठूलो बढोत्तरी हो । योसँग भारतमा कोरोना संक्रमितको संख्या एक लाख ३८ हजार ८४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विगत चौबीस घण्टामा एक सय ५४ संक्रमितको मृत्यु भएको छ । बीबीसीका अनुसार भारतमा अहिलेसम्म मृत्यु हुने संक्रमितको संख्या चार हजार २४ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार