काठमाडौं- नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। आज थपिएका १९ सहित नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ। नेपालमा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ।