शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • बाजुरा कोरोनाको उच्च जोखिममा

बाजुरा कोरोनाको उच्च जोखिममा

तिन दिनमा भारत बाट ३ सय ३९ जना भित्रिए

  • आइतवार, जेष्ठ ११, २०७७
बाजुरा कोरोनाको उच्च जोखिममा

भारत बाट बाजुरा आउने क्रम बढेपछि बाजुरा कोरोनाको उच्च जोखिम बनेको छ । भारतले मजदुरलाई आवतजावत गर्नका लागि यातायात खोले सँग भारत बाट बाजुराका आउने क्रम पनि बढेको छ ।
बाजुरामा तिन दिन यता मात्र ३ सय ३९ जना भारत बाट बाजुरा प्रबेश गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका सुचना अधिकारी तथा प्रहरी निरिक्षक दान बहादुर रोकायाले वताएका छन् । जेठ ९ गते ६९ जना, १० गते ५६ र ११ गते २ सय १४ जना आएको र अझै आउने क्रम जारि रहेको रोकायाले वताएका छन् ।
भारत बाट आएका सबैलाई क्वारेनटाइनमा राखेपनि तर ब्यबस्थापन फितलो हुँदा जोखिम बढने देखिएको छ । भारत वाट आएको पिसिआर चेकका लागि स्वाब संकलन गर्नुपर्ने भएपनि भिटिएम अभाव भएपछि सामान्य चेकजाँच गरेर मात्र क्वारेनटाइनमा पठाउने गरेको स्वास्थ्य कार्यलय बाजुराका जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले वताएका छन् । कोरोनाको त्यस्तो लक्षण देखा परे आइसोलेसनमा राख्न योजना रहेको छ, अहिले सम्म त्यस्तो लक्षण कसैलाई देखा नपरेको पन्तले वताएका छन् । यसरी भारत बाट आउने क्रम बढेपछि बाजुरा पनि कोरोनाको उच्च जोखिममा रहेको पन्तले वताएका छन् ।
भारत बाट आउने क्रम बढेसँग ब्यबस्थापन गर्न पनि निकै समस्या भएको छ । क्वारेनटाइनको क्षमता पनि कम र राम्रो ब्यबस्थापन नभएकाले समस्या भएको छ । अर्को भारत बाट आएका धनगढी बाट बसमा आएपनि बस चालक सहचालकले कुनै सुरक्षा सामाग्री प्रयोग बिना यात्रुहरु बोकिरहेका छन्, यसले पनि निकै जोखिम बढने देखिएको छ । भारत बाट आउने क्रम बढेपछि जिल्ला बासि त्रसित भएका छन् ।
सरकारले क्वारेनटाइनको राम्रो ब्यबस्थापन गर्न नसक्नु भारत बाट बाजुरा प्रबेश गर्दा पनि संबेदनशिलता नअपनाएर मनोमानी रुपले आइरहेकोले झन जोखिम बढेको नागरिक समाज सदस्य प्रदिप राज जैशीले वताएका छन् । भारत बाट आएकालाई १४ दिन क्वारेनटाइनमा राखेपछि आरडिटि वा पिसिआर गरेर घर पठाउने रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । अहिले भने बाजुरामा आरडिटि किट र स्वाब संकलन गर्ने भिटिएम अभाब रहेको कार्यलयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार