आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • देश
  • रुपन्देही, कपिलवस्तु र गुल्मीमा थप ७ जनामा कोरोना संक्रमण

रुपन्देही, कपिलवस्तु र गुल्मीमा थप ७ जनामा कोरोना संक्रमण

  • शनिबार, जेष्ठ १०, २०७७
रुपन्देही, कपिलवस्तु र गुल्मीमा थप ७ जनामा कोरोना संक्रमण

शनिबार साँझ नेपालमा थप ७ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश नं. ५ मा ७ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ। आज बिहान ३२ जना संक्रमित थपिएका थिए भने दिउँसो ३६ जना संक्रमित थपिएका थिए।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले शनिबार साँझ थपिएका संक्रमितमा रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । गुल्मीका संक्रमित यसअघि मृत्यु भएका ४१ वर्षीय शिक्षकको कन्ट्याक्ट ट्रेसिङमा भेटिएका हुन्।

चर्चामा

सम्बन्धित समाचार