बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • नगरपालिकामा जागिर भए पनी स्वास्थ्यमा काम गर्न बढि रुचि हुन्छ स्वास्थ्य संयोजक शाह ( भिडियो सहित)

नगरपालिकामा जागिर भए पनी स्वास्थ्यमा काम गर्न बढि रुचि हुन्छ स्वास्थ्य संयोजक शाह ( भिडियो सहित)

  • शनिबार, जेष्ठ १०, २०७७
नगरपालिकामा जागिर भए पनी स्वास्थ्यमा काम गर्न बढि रुचि हुन्छ स्वास्थ्य संयोजक शाह ( भिडियो सहित)

लक्ष्मीराज पाध्याय– बुढिगंगा नगरपालिकाका स्वास्थ्य संयोजकले भने आफु नगरपालिकामा जागिरे भए पनी स्वास्थ्य सस्थामै जागिर गर्न मन पर्ने गरेको बताए । पहिलादेखी स्वास्थ्य संस्थामै काम गरेको हुनाले मलाई स्वास्थ्य संस्थामा काम गर्न खुसी लाग्ने बताए ।
बडिमालिका खवरको नियमित कार्यक्रम कोरोनाको कहरमा सम्बन्धित निकायको भुमिका बिषायक अन्तर्बातामा स्वास्थ संयोजक दिपक शाहले यस्तो बताएका हुन ।
कोरोना भाइरसर कोबिट १९ को रोकथाम तथा नियन्त्रणका लागि बुढिगंगा नगरपालिकाले के कस्ता गतिबिधि अगाडी सारेको छ भन्ने बिषयमा गरिएको अन्तरबार्ताका कम्रमा संयोजक साहले यस्तो बताएका हुन ।
पहिलेदेखी स्वास्थ्य क्षेत्रमै काम गरेको हुनाले मलाइ अन्य कामहरु प्रति त्यती चासो हुदैन शाहले भने । हाल आफु बुढिगंगा नगरपालिकाको. स्वास्थ्य संयोजक जस्तो पदमा भए पनी म आफु हरेक दिन टाटे स्वास्थ्य केन्द्रमा गएर बिरामीको उपचार गर्ने गर्छु उनले बडिमालिका खवरलाई बताए ।
बडिमालिका खवरको नियमित कार्यक्रममा बोल्दै हाल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बिभिन्न ठाउँमा क्वारेन्टाइनको ब्यबस्थापन गरिएको छ । हाल नगरपालिका धेरै रिस्कमा नभए पनी भइपरि आउने समस्यालाई मध्यनजर गरि महामारी रोकथामका लागि ३ ओटा एम्बुलेन्स सेवा लाई पनी २४ घण्टा सेवामा राखेको उनले बताए ।
त्यस्तै क्वारेन्टाइनको ब्यबस्थापनका लागि नगरपालिकाले बिभिन्न समयका लागि लागिरहेको उनले बताएका छन् । यतिबेला बिश्व नै महामारीको संकटमा सबैले सबै ठाउँबाट सहयोग गर्न अपिल समेत गरेको उनले बताए ।

https://www.youtube.com/watch?v=zgq1e_d9290

चर्चामा

सम्बन्धित समाचार