शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा सिडिओ गंगाप्रसाद न्याैपानेकाे सरूवा, कृष्ण गैरे बाजुरा आउदै

बाजुरा सिडिओ गंगाप्रसाद न्याैपानेकाे सरूवा, कृष्ण गैरे बाजुरा आउदै

  • शुक्रबार, जेष्ठ ९, २०७७
बाजुरा  सिडिओ गंगाप्रसाद न्याैपानेकाे सरूवा, कृष्ण गैरे बाजुरा आउदै

बाजुराका प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याैपानेकाे सरूवा भएकाे छ ।  बाजुराका सिडिओ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा पठाइएको छ ।

 गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकार(सिडिओ)को सरुवा गरेको छ । मन्त्रालय विशेष स्रोतका अनुसार रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका सिडिओ फेरिएका हुन् । यसपछि बाजुरामा कृष्ण गैरेलाई जिल्ला प्रशासन कार्यालय बाजुरा सरुवा भएर अाउने भएका छन् ।

मन्त्रालयले हरि पन्तलाई जिल्ला प्रशासन कार्यालय रसुवाको सिडिओ बनाएर पठाइएको छ भने त्यहाँका सिडिओ अर्जुन भण्डारीलाई गृहमा ल्याइएको छ । सागरमणि पाठकलाई नवलपरासीमा सरुवा गरेको छ भने नवलपरासीका सिडिओ वासुदेव दाहाललाई गृह मन्त्रालयमा ल्याएको छ ।

भोलि १० गतेदेखि अनिवार्य अवकाशमा जान लागेका लमजुङका सिडिओ लक्ष्मण खड्काको ठाउँमा गृह मन्त्रालयका कृष्ण प्रसाद शर्मालाई पठाएको छ ।

त्यस्तै कृष्ण गैरेलाई जिल्ला प्रशासन कार्यालय बाजुरा सरुवा गरिएको छ । बाजुराका सिडिओ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा पठाइएको छ । बैतडीमा मोहन जोशीलाई प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरेको मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी गराएको छ ।

चर्चामा

सम्बन्धित समाचार