बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक (भिडियोसहित)

लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक (भिडियोसहित)

  • बुधबार, जेष्ठ ७, २०७७
लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक  (भिडियोसहित)

सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ। भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन्।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ। अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ। अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ।

नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाहीसमेत अगाडि बढाइएको मन्त्रालयले बताएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अर्यालले नक्सा सार्वजनिक गर्दै छिमेकी मुलुक भारतसँग वार्तामा बस्दा कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा कुरा भईसकेको बताईन्। उनले मन्त्रालयले  नक्सा बनाएकाले अब जमीन फिर्ता ल्याउन बाँकी रहेको बताईन्।

  भिडियाे : नेपाल टेलिभिजन

https://www.facebook.com/watch/?v=2698740880358953

चर्चामा

सम्बन्धित समाचार