शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकाे पाण्डुसैनमा जीप दुर्घटना, पाँचजना घाईते

बाजुराकाे पाण्डुसैनमा जीप दुर्घटना, पाँचजना घाईते

  • बुधबार, जेष्ठ ७, २०७७
बाजुराकाे पाण्डुसैनमा जीप दुर्घटना, पाँचजना घाईते

बाजुरा — बुधबार विहान पाण्डुसेनबाट मार्तडी तर्फ आउँदै गरेको जीप गरेको से १ ज ९९० नम्बरको जीप पाण्डुसेनस्थित पुरानो प्रहरी चौकी नजिकै दुर्घटना भएको छ । जीप दुर्घटनामा परेर पाँच जना सामान्य घाईते भएका छन् । बुढीनन्दाकै २६ वर्षिया चालक प्रज्वल रोकायाले चलाएकाे जीप दुर्घटनामा परेकाे हाे ।

घाईते हुनेमा बुढीनन्दा नगरपालिका ८ बस्ने तारा थापा, अमदुल थापा, रोषन थापा, रोशनी थापा, सरस्वति थापा रहेका छन् । जसमध्ये ३ जना तारा थापा, अमदुल थापा, र सरस्वति थापालाई थप उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याईदै छ भने अन्यको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जीप करिव १ सय ५० मिटर तल खसेको बुझिएको छ ।

चर्चामा

सम्बन्धित समाचार