शनिबार, मंसिर १३, २०७७
  • होमपेज
  • राजनीति
  • नेपाल विद्यार्थी संघ बाजुराको बिज्ञप्तीकाे कुनै तुक छैन : मिनप्रशाद जैशी

नेपाल विद्यार्थी संघ बाजुराको बिज्ञप्तीकाे कुनै तुक छैन : मिनप्रशाद जैशी

  • मङ्लबार, जेष्ठ ६, २०७७
नेपाल विद्यार्थी संघ बाजुराको  बिज्ञप्तीकाे कुनै तुक छैन : मिनप्रशाद जैशी

नेपाल विद्यार्थी संघ बाजुराको जनक थापाद्धारा हस्ताक्षर गरि मिति २०७६।०२।०५ गते प्रमुख जिल्ला अधिकारीलाई वुझाईएको ज्ञापन पत्रमा मलाई कार्वाहिका लागि जोडदार माग गरिएको थाहा पाईयो । जसमा मलाई वाजुरा कोसेली घरका लागि आएको रकम हिनामिना गरेको तथा नेकपा समर्थक नेता तथा कार्यकर्तालाई संघ तथा प्रदेशमा सिफारिस गरी ठाडो आदेशमा कुनै पनि स्थानिय तहसँग समन्वय नगरी उदेश्यले विहिन ढङ्गले कार्यक्रम कार्यान्वयन गराएको ले कार्वाही गरिपाउँ भन्ने आरोप रहेछ । पहिलो आरोपको विषयमा आव २०७५।०७६ मा कृषि ज्ञान केन्द्र वाजुराका तत्कालिन कार्यालय प्रमुख विक्रम चौधरी र श्री लक्ष्मी वचत तथा ऋण सहकारी संस्था लि विच कोसेलीघर संचालन का लागि भएको सम्झौता अनुसार कार्यसम्पन्न प्रतिवेदनका आधारमा उक्त सहकारीलाई कार्यालयवाट २३००००। रकम भुक्तानि भएको हो यसमा मेरो कुनै संलग्नता नभएको कुरा स्पष्ट पार्न चाहान्छु । मेरो संलग्नता भनेको वाजुरा गरिवि र अभावको जिल्ला मात्रै हैन अवसर र सम्भावनाको जिल्ला हो र यसलाई हामीले हाम्रो पहिचान स्थापित हुने गरी काम गर्नुपर्छ भन्ने अवधारणाका आधारमा कोसेली घर संचालन तथा शुरुवात गर्ने कुरामा पक्कै पनि हो र दावाका साथ भन्छु शुदुरपश्चिममा कोसेलीघर संचालन गर्ने पहिलो जिल्ला वाजुरा हो जसले यहाँका रैथाने तथा स्थानिय पहिचान वोकेका कृषि उपजको वजारीकरणका लागि उल्लेख्य भूमिका खेलेको छ जसका माध्यमवाट बाजुराको स्याउ कोदो चिनो कागुनो फापर नेपालका प्रमुख सहरहरुमा पठाउन सफल भईयो भने अहिले पनि वाजुराको ६० कुईन्टल सिमी लगायत अन्य कृषि उपजहरु संकलन गरी सुपथ मुल्यमा विक्रि भईरहेको छ जसका माध्यमवाट वार्षिक करिव २५ लाख वरावरको कृषि उपजको कारोवार भईरहेको छ भने वाजुरा जिल्लालाई सिङ्गो नेपालले चिन्ने मौका पाएको छ त्यो सवै मेरो संलग्नता र अग्रसरतामा भएको हो । दोस्रो आरोपका विषयमा संघ तथा प्रदेसमा सिफारिस गरि नेता तथा कार्यकर्तालाई कार्यक्रम दिने हैसियत मैले राख्दैन र छैन पनि । संघ तथा प्रदेसमा मेरो भन्दा नेताकार्यकर्ताकै पहुँच वढीहोला जस्तो लाग्छ यस्ता वाहियात आरोपमा यो भन्दा वढी भन्ने शव्द नै छैन म सँग ।
आफ्नो व्यक्तिगत जिन्दगी, परिवार र आफ्ना खुसीहरुलाई एकातिर पन्छायर विहान ६ वजे देखि राती ११ वजे सम्म वाजुराका किसान र वाजुराको विकासका लागि सार्वजनिक विदा समेतलाई उपभोग नगरी आफ्नो नैतिकता, ईमान र लगनशिलतालाई आफ्नो सम्पत्ति ठान्दै निस्वार्थभावले काम गर्दा मलाई कार्वाहिको माग गर्नुभनेको मलाई अझ यो जिल्लाका लागि वढी जिम्मेवार वनाउनु हो भन्ने वुझेको छु र मेरो काम गर्ने गतिलाई अझ दोव्वर वनाउने प्रतिवद्धता व्यक्त गर्न चाहान्छु र म जस्तो एक ईमान्दार कर्मचारीलाई कार्वाहिको माग गर्नु भएकोमा हार्दिक आभाार सहित धन्यवाद् व्यक्त गर्न चाहान्छु । सुनियोजितरुपमा एक ईमान्दार कर्मचारीलाई यसरी आरोप लगाएर जुन अपमान गर्नु भएको छ यसको प्रतिफल मैले भन्दा पनि बाजुराका किसानले वहाँहरुलाई पक्कै पनि दिनेछन् र आज जिल्ला भरी यो समाचार सुन्नेहरु सवैले वहाँहरुको यो कदमको मुल्याङ्कन पनि गरे होलान नै । म चुनौति दिन चाहान्छू वहाँहरुलाई नेपाल सरकारको सरकारी सेवामा प्रवेस गरेका दिन देखि आज सम्म मेरो कुनै एउटा मात्र कमजोरी वा गल्ति को तथ्य वा प्रमाण देखाउनुहोस अथवा तपाँईको विद्यार्थी संघको माउ पार्टि नेपाली काङग्रेसको वाजुरा जिल्लाको कुनै एक जना नेता वा कार्यकर्ता मात्रै मीनप्रसाद ले गलत गर्यो भन्न सक्ने आँट र हिम्मत भएको व्यक्ति मेरो अगाडी उभ्याईदिनुहोस अथवा वाजुरा जिल्लाको कुनै एक जना किसान यस्तो भेटाईदिनुहोस जसले मलाई गलत भनोस त्यहि दिन त्यहि क्षण मेरो जिन्दगीको अन्तिम क्षण हुनेछ ता कि तपाँईहरु जस्ता शिक्षित, युवा र वुज्रुक भनिएकाहरुलाई मेरो अनुपस्थितिमा वाजुराको विकास गर्न सजिलो होस र वाटो खुला होस । कृपया यहि स्टाटस मार्फत सम्पुर्ण वाजुरा वासीलाई म माथि लगाईएको आरोपको निश्पक्ष मुल्याङ्कन गरी आफ्नो विचार व्यक्त गरि दिन हुन अनुरोध गर्दै म माथि लगाईएको झुटा र कपोल्कल्पित आरोपलाई ईमानका साथ पुर्णतया अस्वीकार गर्दै सम्वन्धित पक्षसँग कानुनी कार्वाहिको लागी जोडदार माग गर्दछु । कृपया तपाँईहरु राजनीति गर्नुहोस तर मलाई यो जिल्लाका गरिव निमुखा किसानहरुको लागि काम गर्न दिनुहोस किनकि मलाई यो जिल्लाको माया छ यहाँका किसानको माया छ र वाजुरा अभाव र गरिवीको जिल्ला हैन अवसर र सम्भावनाको जिल्ला हो भनेर स्थापित गरेर देखाउनु छ ।

चर्चामा

सम्बन्धित समाचार