कोरोना भाइरसको महामारीमा बाहिरी मुलुक बाट नेपाल भित्रिएका नागरिकहरु क्वारेन्टाइनमा बस्न मानेनन किन ? क्वारेन्टाइन बाट भाग्नुको कारण के ? सर्वप्रथम कमि कमजोरी हरु पत्ता लगाउन र ध्यान दिन जरुरी छ ।
क्वारेन्टाइन व्यवस्थित र क्वारेन्टाइनमा दिन बिताउन सेवा सुविधाहरु हुन पनि अति आवश्यक छ । क्वारेन्टाइन व्यवस्थित नभएकोले क्वारेन्टाइनमा बस्न नागरिकहरुले मानिरहेका छैनन । क्वारेन्टाइनमा बस्दा झन बिरामी पर्ने हो की भन्ने डरले पनि बस्न मानिरहेका छैनन भन्ने किसिमको जन गुनासोहरु पनि आइरहेको छ । यसकारण क्वारेन्टाइनमा बस्ने हरुका लागि खानपिन पनि इम्युनिटी पावर बढाउने पोषण युक्त खाना हुनुपर्छ ।
लकडाउन भनेको छ कडाइ गर्ने मात्र भनिएको छ । लकडाउनले भोकमरी लाग्यो भने जिम्मेवार को ? आदि आदि जस्ता लकडाउनका कारण थुप्रै कठिनाइ र जोखिम आउने स्थिति देखिएको छ । यसको निकास र समाधान के ?
हाम्रो मुलुकमा भिजन, योजना र दीर्घकालीन सोच भएका प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरू र नेताहरू नै नभएकोले अब नागरिकहरुले दुख, कष्ट र पिडा झेल्नुपर्ने अवस्था देखिन्छ ।
लकडाउनले मुलुक टाट पल्टने हो की ? सोचौं है । विश्लेषण गर्ने हो भने लकडाउन पश्चात पनि कोरोना भाइरसको संक्रमितहरु झन देखिन थाल्यो । लकडाउनले कोरोना भाइरसलाई नियन्त्रण गर्न सकेन । हाम्रो मुलुकको सन्दर्भमा छिमेकी मुलुक भारतबाट चोरी बाटोहरु भएर नेपाल प्रवेश गर्ने हरु नै कोरोना संक्रमित देखिएकोले कोरोना भाइरसको प्रभाव नेपालमा फेला पर्न शुरुआत भएको छ ।
अमेरिका, स्पेन, इटाली र फ्रान्स आदि आदि जस्ता मुलुकहरुमा कोरोना भाइरसले उच्च रक्तचाप मुटु रोगी, सुगर रोगी, आत्मबल कमजोर र डिप्रेसनका कारण मृत्यु भएको तथ्यांकले देखाएको छ । यसकारण लकडाउन मात्र समस्याको समाधान होईन ।
कोरोना भाइरसको महामारीमा नेपालको संवेदनशील क्षेत्र भनेको नै भारतको चोरी नाकाहरु बाट नेपालको भित्री भागहरुको प्रवेशमा रोकथाम कसरी गर्न सकिन्छ त्यतातिर ध्यानाकर्षण हुन जरुरी छ । तर खुल्ला सीमा भएकोले गाह्रो र असम्भव पनि छ । एउटा चोरी नाका भए संभव थियो ? चोरी नाकाहरु कति छन कति भनी साध्य छैन ।
१. खुल्ला सीमाका कारण पुरै सेनाको संगठन, सशस्त्र संगठन र प्रहरीको संगठन हरुलाई खटाए पनि नेपालमा लकडाउनले मात्र कोरोना भाइरस रोकथाम र नियन्त्रण हुन सक्दैन ।
२. कोरोना भाइरसको लागी पुरै सेनाको संगठन, सशस्त्रको संगठन र प्रहरीको संगठन जति जनशक्ति भएपनी सीमानाको सुरक्षाको लागि अपुग हुन जान्छ ।
३. कोरोना भाइरस नियन्त्रणका लागि नेपालको सीमाना कहाँ सम्म हो भन्ने यकिन नभईकन तार बार लगाउन पनि असम्भव छ । प्रष्ट रूपमा नेपालको सीमानाको यकिन हुन जरुरी छ । सीमाना सम्बन्धि समाधान जुनसुकै सरकार आएपनि गर्न सक्दैन । सीमाना सम्बन्धि समाधान अन्तर्राष्ट्रिय मुद्दा बन्न जान्छ । अन्तर्राष्ट्रिय मुद्दा बन्दैमा समस्या समाधान र हल हुन्छ भन्ने छैन ?
४. कोरोना भाइरसको नियन्त्रणका लागि सीमानाको रक्षा गर्न सेनाहरु र सशस्त्र प्रहरीहरु आफै जान पाउने होइन सेनाको संगठन र सशस्त्रको संगठनलाई सरकारले खटाउनका लागी पत्रचार गर्नुपर्ने हुन्छ । सीमाना सुरक्षाको लागी खटाउन नेपालको सरकारमा आँट र साहस हुन पनि जरुरी छ ।
५. कालले बढी र घटी उमेर भन्दैन मर्ने दिन आइसकेको छ भने टपक्क टिपेर लैजान्छ । जन्म र मृत्यु निश्चित छ कसैले टारेर टरदैन भन्ने कुरा हामी सबैले बुझ्नुपर्छ । रोग भन्ने कुरा कहिले पनि निर्मुल हुंदैन । क्यान्सर, टी वी र एचआईभी एडस रोग आजसम्म निर्मुल भएको छ ? सुगर रोगीले चीनीको प्रयोग गरे के हुन्छ ? रक्त चापको रोगीले बढी नुन खायो भने के हुन्छ ? अब मुलुकलाई संधैभरी लकडाउन गरेर संभव छैन । सकभर नागरिकहरु आफैले सुरक्षित साथ सावधानी अपनाउनु पर्ने हो । कोरोना भाइरसको औषधि ननिस्कुनजेल मास्क, सेनिटाइजरको प्रयोग र दुरी कायम बनाएर यात्रा र आवत जावत गर्न दिनु नै सुरक्षित उपाय हो । अब मुलुकलाई टाट पल्टाउने हो भने मात्र लकडाउन बढाउँदै लगे हुन्छ । लकडाउनलाई बिस्तारै बिस्तारै खुकुलो पार्न तर्फ ध्यान दिन जरुरी छ ।