शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सरकार कसैलाई अकाल मै मर्न नपरोश

सरकार कसैलाई अकाल मै मर्न नपरोश

  • सोमवार, जेष्ठ ५, २०७७
सरकार कसैलाई अकाल मै मर्न नपरोश

सिमानामा महिँला बृद्धलाई झर्न नपरोश,
सरकार कसैलाई अकाल मै मर्न नपरोश।

लैजाउ मुद्धा यो अंतरराष्ट्रीय न्यायलयमै,
हैकमवाद को सरणमा फेरी पर्न नपरोश।

खबरदार नगरे आर्को सम्झौता असमान,
जस्लेगर्दा जनता फेरी पछि सर्न नपरोश।

याद गर सरकार त्यो नाला पानी को युद्ध,
फेरी अबोध निहत्यको रगत छर्न नपरोश।

लडाई बैचारीक हुँनु पर्छ जित्नको लागी,
कसैले नि अनहाकमै शहिद ठर्न नपरोश।

हो लडाई निर्दई हुँनेछ दयाको आश नगरे,
रित्ता हात मर्नलाई त्यो सिमा तर्न नपरोश।

सेना खटाउ मनोबल बलियो बनाएर अब,
बालकहरुले शंघर्षको नेतृत्व गर्न नपरोश।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार