शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका मिडिया हाउसद्धारा मजदुरलाइ सर्जिकल माक्स बितरण

बडिमालिका मिडिया हाउसद्धारा मजदुरलाइ सर्जिकल माक्स बितरण

  • आइतवार, जेष्ठ ४, २०७७
बडिमालिका मिडिया हाउसद्धारा मजदुरलाइ सर्जिकल माक्स बितरण

बाजुरा — जिल्ला सदरमुकाम मातर्डीका बिभिन्न ठाउँमा काम गरीरहेका मजदुरलाइ बडिमालिका मिडिया हाउसले माक्स बितरण गरेकाे छ । काेराेना भाइरस काेिबट १९ लाइ लक्षित गरी भाइरसबाट बच्नका लागि मिडिया हाउसले दैनिक ज्यालामा काम गर्ने मजदुरहरूलाइ सर्जिकल माक्स बितरण गरेकाे हाे ।

बडिमालिका मिडिया हाउसले बिभिन्न अभियान समयमा बिभन्न अभियान चलाउदै अाएकाे र यतिबेला काेबिट १९ काे त्रासमा केही समयका लागि बच्न सकिन्छ भन्ने उदेस्यले गिट्टि कुटी रहेका मजदुरका लागि सर्जिकल माक्स बितरण गरेकाे बडिमालिका मिडिया हाउसका कार्यकारी सम्पादक पदम बहादुर सिहंले बताए । मिडिया हाउसले बिभिन्न समयमा जिल्लाका दुर्गम ठाउँमा गएर असाय असक्तहरूकाे सहयाेगका लागि बिभिन्न अभियान संचालन गर्दै अाएकाे बडिमालिका मिडिया हाउसका प्रकाशक सम्पदक प्रकाश बहादुर सिहंले बताए ।

काेराेना भाइरसलाइ लक्षित गरी बितरण गरेकाे माक्स पाएर मजदुरहरूले खुसी ब्यक्त गरेका छन् । जिल्लाका बिभिन्न ठाउँबाट सदरमुकाममा बिकासे कामका लागि गिट्टि कुटीरहेका मजदुरलाइ काम गरिरहेकै ठाउँमा पुगेर मिडिया हाउसका प्रकाशक सम्पादक प्रकाश सिहं र अनलाइन सम्पादक लक्ष्मीराज पाध्यायले बितरण गरेका हुन ।

चर्चामा

सम्बन्धित समाचार