बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिकाकाे पाेषण तथा खाद्य सुरक्षा निर्देशक समितिकाे बैठक सम्पन्न

त्रिबेणी नगरपालिकाकाे पाेषण तथा खाद्य सुरक्षा निर्देशक समितिकाे बैठक सम्पन्न

  • शनिबार, जेष्ठ ३, २०७७
त्रिबेणी नगरपालिकाकाे  पाेषण तथा खाद्य सुरक्षा निर्देशक समितिकाे बैठक सम्पन्न

लक्ष्मीराज पाध्याय– बाजुरा जिल्लाकाे त्रिबेणी नगरपालिकाकमा पाेषण तथा खाद्य सुरक्षा निर्देशक समितिकाे बैठक सम्पन्न भएकाे छ ।  बहुक्षेत्रीय पोषण योजनाको कार्यान्वयन प्रक्रियाका लागि  त्रिबेणी नगरपालिकामा आज बसेको खाद्य सुरक्षा समितिको बैठकले बिभिन्न्  निर्णय गरि कार्यन्वयनका लागि बैठक सम्पन्न भएकाे हाे  ।
पालिका स्तरमा पाेषण तथा निर्देशक समितिकाे अायोजनामा त्रिबेणी नगरपालिका लगायत जिल्लाका नौ ओटै स्थानीय तहमा  योजना निर्माण गरीएको र केही कुराहरु थप गरी कार्यन्वयन गराउने कार्य थालएिको बहु क्षेत्रीय पोषण योजनाका जिल्ला संयोजक नर बहादुर आउजीले बताए ।
साथै ३ गते त्रिबेणी नगरपालिकामा बसेको खाद्य सुरक्षा समितिको बैठकमा बिभिन्न ६ ओटा निर्णय गरी सम्पन्न भएको नगर प्रमुख रामसिहं रावलले बताएका छन् । बहु क्षेत्रीय पोषण योजना कार्यन्वयनको बजेट खर्चको समिक्षा सुत्केरी तथा गर्भवती र २ बर्ष मुनीका बालबालिकाको तथ्याङक संकलन गर्ने निर्णय गरेको त्रिबेणी नगरपालिकाकी उप प्रमुख राधिका सुनारले बडिमालिका खवरलाई बताएकी छन् । त्यस्तै पालिकाको अबस्था बिश्लेशण, पुर्ब तयारी र प्रतिकृया योजना निर्माण गरि कार्यन्वयन गर्ने निर्णय समेत गरेको नगर उप प्रमुख सुनारले बताएकी छन् ।

कोरोना भाइरसका कारण समस्यामा परेका सुत्केरी आमाहरुको लागि पोषण झोला दिने निणर्य गरेको छ झोलामा पोषणयूक्त खानेकुरा राखेर दिने भएकोले पोषण झोला भनेको बहुक्षेत्रीय पोषण योजनाका जिल्ला संयोजक नर बहादुर आउजीले बताएका छन् । त्यसै गरी आजै बसेको बैठकले प्रत्यक वडामा पनी बहु क्षेत्रिय पोषण योजनाको मुल प्रबाहकरणी तथा कार्यन्वयनका लागि सबै वडामा खाद्य सुरक्षा योजना समिति बैठक बस्न समेत नगरपालिकाले निर्णय गरेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार