• होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका १५ अस्पतालबाट १४६ कोरोना शंकास्पद बिरामी डिस्चार्ज, ५ जना भर्ना

सुदूरपश्चिमका १५ अस्पतालबाट १४६ कोरोना शंकास्पद बिरामी डिस्चार्ज, ५ जना भर्ना

  • शनिबार, जेष्ठ ३, २०७७
सुदूरपश्चिमका १५ अस्पतालबाट १४६ कोरोना शंकास्पद बिरामी डिस्चार्ज, ५ जना भर्ना

धनगढी —  सुदूरपश्चिमका बिभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका एक सय ४६ जना डिस्चार्ज भएका छन्। प्रदेशभरीका १५ वटा अस्पतालबाट अहिले सम्म एक सय ४६ जना बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालबाट अहिले सम्म ५१ जना, डडेल्धुरा अस्पतालबाट १९, बयलपाटा अस्पताल अछाम र जिल्ला अस्पताल अछामबाट १७/१७ जना डिस्चार्ज भएका छन्। यस्तै महाकाली अस्पतालबाट ९ जना कोरोनाका शंकास्पद बिरामी डिस्चार्ज भएका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार जिल्ला अस्पताल डोटीबाट ६, जिल्ला अस्पताल बैतडी र गोकुलेश्वर अस्पतालबाट ५/५, जिल्ला अस्पताल बाजुरा र भजनी स्वास्थ्य केन्द्राबाट ४/४, चौमला स्वास्थ्य केन्द्रबाट ३, टीकापुर र जोगबुढा अस्पतालबाट २/२, जिल्ला अस्पताल बझाङ र कोल्टी स्वास्थ्य केन्द्रबाट एक/एक जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन्।  उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको तर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ।

अहिलेसम्म सुदूरपश्चिका विभिन्न अस्पतालमा एक सय ६३ शैयाको आईसोलेसन स्थापना भईसकेको छ।  निर्देशनालयका अनुसार कोरोना आशंकामा अहिले ५ जनालाई आईसोलेसनमा भर्ना गरिएको छ। जिल्ला अस्पताल बझाङमा तीन, डडेल्धुरा र बैतडी अस्पतालमा एक/एक जनालाई आईसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार