• होमपेज
  • समाचार
  • यस्ता छन् सरकारको नीति तथा कार्यक्रममा अटाएका सुदूरपश्चिमका प्रमुख योजना

यस्ता छन् सरकारको नीति तथा कार्यक्रममा अटाएका सुदूरपश्चिमका प्रमुख योजना

  • शुक्रबार, जेष्ठ २, २०७७
यस्ता छन् सरकारको नीति तथा कार्यक्रममा अटाएका सुदूरपश्चिमका प्रमुख योजना

 संघिय सरकारले आज ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिमका अधिकांश पूरानै योजनाले निरन्तरता पाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पूरानै योजनालाई निरन्तरता दिईएको हो।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पञ्चेश्वर बहुउद्देयको आयोजनाको विस्तृत आयोजना प्रतिवेदनलाई अन्तिमरुप दिइ विकास निर्माण अघि बढाइने, कैलालीको हरैयामा व्यापार विशेष क्षेत्र र कञ्चनपुरको दोधारा चाँदनी स्थित कन्जभोगमा सुख्खा बन्दरगाह निर्माणको प्रारम्भिक कार्य सुरु गरिने बताईन्।

यस्तै डडेल्धुराको डडेल्धुरा अस्पतालबाट विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउन पाँच सय शैयामा स्तरबृद्धि गरिने, महाकाली सिचाई आयोजनाको मुल नहर विस्तारको कार्य अघि बढाइने, दोधारा–चाँदनी कन्चभोजमा सुख्खा बन्दरगाह निर्माण,  लम्की डुडेझारी औद्योगिक क्षेत्र र कंचनपुरको दैजी औद्योगिक क्षेत्र स्थापनाको कामलाई समेत निरन्तरता दिईने भएको छ।

यस्तै वषौँदेखि अलपत्र रहेको पश्चिम सेती जलविद्युत आयोजनालाई अगामी वर्ष अगाडी बढाउने, खुटिया–दीपायल सुरुङ मार्ग निर्माण गर्ने, बझाङ, बैतडी र दार्चुलामा चुन खानी, फलाम तथा तामा खानी एवंम पेट्रोललिय प्रदार्थ अन्वेषण उत्खनन गर्ने, रानिजमरा सिचाइ योजनाका शाखा नहर निर्माण गरी १४ हजार तीन सय  हेक्टर जमिन सिचाइ र ७ दशमलव ७ मेगावाटको विद्युत उत्पादनको कामलाई समेत अगाडी बढाईने भएको छ।

चर्चामा

सम्बन्धित समाचार