शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • विश्व अर्थतन्त्रमा ८८ खर्ब डलरको क्षति, २४ करोड २० लाखको रोजगारी गुम्यो : एडीबी

विश्व अर्थतन्त्रमा ८८ खर्ब डलरको क्षति, २४ करोड २० लाखको रोजगारी गुम्यो : एडीबी

  • शुक्रबार, जेष्ठ २, २०७७
विश्व अर्थतन्त्रमा ८८ खर्ब डलरको क्षति, २४ करोड २० लाखको रोजगारी गुम्यो : एडीबी

कोरोना भाइरसले विश्व अर्थतन्त्रमा ८८ खर्ब डलरको क्षति भएको अनुमान गरिएको छ । एसियाली विकास बैंक (एडीबी) ले विश्वको अर्थतन्त्रमा ५८ खर्बदेखि ८८ खर्ब रुपैयाँसम्म नोक्सान हुनसक्ने अनुमान गरेको छ ।

कोरोना माहामारी विरुद्ध लकडाउनका साथै सुरक्षा उपायहरु अपनाउँदा कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ६.४ देखि ९.७ प्रतिशतसम्म नोक्सान भएको अनुमान एडीबीको छ । एसिया प्रशान्त क्षेत्रमा १७ खर्ब पुगेको छ । यो ६ महिनासम्म लम्बिएमा २५ खर्ब डलर नोक्सान हुने एडीबीको प्रक्षेपण छ ।

एडीबीले कोरोनाभाइरस महामारीको संभावित प्रभावको अद्यावधिक प्रतिवेदन मार्फत यस्तो जानकारी दिएको हो । यसअघिको आँकलनमा ४१ खर्ब डलर नोक्सान हुने भनिएको थियो । तर लकडाउन र थप सुरक्षा अपनाउनुपर्ने भएकाले आगामी दिनमा अझै नोक्सानी हुने आँकलन छ ।

एडीबीले दक्षिण एसियामा १४ खर्ब १९ अर्ब डलर बराबर अर्थात जीडीपीको ३.९ प्रतिशत नोक्सान भएको जानकारी दिएको छ । यस्तै ६ महिनामा २१ खर्ब ७६ अर्ब डलर नोक्सान हुने अनुमान एडीबीको छ । दक्षिण एसियामा जीडीपीको ६ प्रतिशतसम्म नोक्सान हुने प्रक्षेपण एडीबीले गरेको छ । चीनले अहिलेसम्म ११ खर्बदेखि १६ खर्ब डलरसम्म नोक्सान व्योहर्नुपरेको अनुमान छ ।

२४ करोडको रोजगारी गुमेको अनुमान

सरकारहरुले कोरोना महामारीको प्रभावबाट बच्न तत्काल वित्तीय र मौद्रीक उपकरणबाट खर्च बढाएको र यसले गर्दा राज्यहरुले कर आम्दानी समेत गुमाएको प्रतिवेदनमा उल्लेख छ । कोरोना महमारी नियन्त्रण गर्न सीमा नाकाबन्द, यातायातमा प्रतिवन्ध र लकडाउनले गर्दा विश्वको व्यापार १७ खर्बदेखि २६ खर्ब डलरसम्म कटौति भएको छ ।

यस्तै विश्वमा रोजगारी अवसर १५ करोड ८० लाखदेखि २४ करोड २० लाख रोजगारी गुमेको एडीबीले जानकारी दिएको छ । यस्तै श्रमिकको आम्दानी १२ खर्बदेखि १८ खर्ब डलरसम्म गुमेको छ । कोरोना महामारी विरुद्ध लड्न एडीबीले २० अर्ब डलरको आपतकालिन राहात योजना सार्वजनिक गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार