बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • थप ९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २५८ पुग्यो

थप ९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २५८ पुग्यो

  • शुक्रबार, जेष्ठ २, २०७७
थप ९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौं : शुक्रबार नेपालमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार ९ जनामा कोराेना पुष्टि भएको हो ।

नयाँ पाेजिटिभ देखिएका मकवानपुर निवासी ३७ वर्षीय पुरुष; बाँके, नैनापुर-०१. ०३ र ०५ निवासी १८, २०, २२, २५, २५, २७, ३२. ३६ वर्षीय पुरुष हुन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेको मन्त्रालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार