आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोना संक्रमणका कारण मुम्बईमा २ प्रहरीको मृत्यु

कोरोना संक्रमणका कारण मुम्बईमा २ प्रहरीको मृत्यु

  • शुक्रबार, जेष्ठ २, २०७७
कोरोना संक्रमणका कारण मुम्बईमा २ प्रहरीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) बाट दुई जना प्रहरीको मृत्यु भएको छ। भारतको मुम्बईमा कोरोनाबाट बिहीबार दुई प्रहरीको मृत्यु भएको मुम्बई पुलिस कार्यालयले ट्वीटमार्फत जनाएको छ।

स्थानीय सेवरी थानामा कार्यरत सहायक पुलिस सब इन्स्पेक्टर मुरलीधर वाघमारे र शिवाजी नगर थानामा कार्यरत प्रहरी भगवान पार्तेको कोरोना संक्रमणका कारण मृत्यु भएको हो मुम्बई प्रहरीले जनाएको छ। मुम्बई पुलिसका अनुसार उनीहरु केही दिनदेखि कोरोना संक्रमणसँग जुधिरहेका थिए। मुम्बई पुलिसले मृत आत्माको शान्तिको कामना गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ। एजेन्सी

चर्चामा

सम्बन्धित समाचार