शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • छिट्टै परिबर्तन गरेर देखाउ

छिट्टै परिबर्तन गरेर देखाउ

  • बुधबार, बैशाख ३१, २०७७
छिट्टै परिबर्तन गरेर देखाउ
ममता खड्का

# बणन ब्याख्या होइन अहिले छिट्टै परिवर्तन गरेर देखाउ।
निति नियम सिदान्त त आकाश छुने छन तिम्रा तिनलाइ प्रयोग मा ढालेर देखाउ।।

# धेरै हेरियो, सुनियो तिम्रो राई, दाइ, भाइ।
तिम्रा फजुल बोली भाषण होइन अब कर्ममा उतारेर देखाउ।।

# उता थिचाएर, यता मिचाएर कति जलाउछौ म आमालाइ।
बाधा चोट होइन मलाइ सानो प्राण भरेर त देखाउ।।

अब त छोडि देउ लुटतन्त्र,जनता सबै नाङ्गा भैसके।
स्वार्थ स्वार्थमा किन बाच्छौ, एक पल्ट भय पनि सेवामा अगि सरेर देखाउ।।

# कति थिच्चिनु मैले यहाँ नाङ्गो आङमा शत्रुको भारी खेप्दा खेप्दै।
ठूला भासण संगै सपनाको जालमा किन पर्छौ सधै मात्र मलाई बचाएर देखाउ।।

#अन्यायका विरुद्ध लड बरु छोड्देउ पार लागाइ शोषकलाइ।
सबै सिमाना ढाक्ने गरि म आमा माथी तारबार लगाएर देखाउ।।

ममता खड्का अछाम हाल काठमाडौं

चर्चामा

सम्बन्धित समाचार