शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • डाक्टर गोविन्द केसी दार्चुलामा

डाक्टर गोविन्द केसी दार्चुलामा

  • बुधबार, बैशाख ३१, २०७७
डाक्टर गोविन्द केसी दार्चुलामा

धनगढी : चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी बुधवार बैतडीबाट दार्चुला पुगेका छन्। दुई महिना डडेल्धुरा अस्पतालमा निः शुल्क सेवा गरेर अन्य पहाडी जिल्लामा घुम्ने क्रममा उनी दार्चुला पुगेका हुन। डाक्टर केसीले एक हप्ता दार्चुला बस्ने जनाईएको छ।

डाक्टर केसी सोमबार बझाङबाट बैतडी पुगेका थिए। दुई दिनसम्म बैतडीमा रहँदा उनले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुका साथै सुझाव सल्लाह पनि दिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीले जानकारी दिए।

बेलाबेलामा मेडीकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडीकल कलेज खोल्न माग गर्दै आएका उनी १७औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए।

गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए। तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९औं दिनमा स्थागित भएको थियो। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार