शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • निरन्तर झरीका कारण हिउदेँ बालीमा २० प्रतिशत ह्रास हुन्छ : सिजापती (भिडीयाे सहित)

निरन्तर झरीका कारण हिउदेँ बालीमा २० प्रतिशत ह्रास हुन्छ : सिजापती (भिडीयाे सहित)

  • बुधबार, बैशाख ३१, २०७७
निरन्तर झरीका कारण हिउदेँ बालीमा २० प्रतिशत ह्रास हुन्छ : सिजापती (भिडीयाे सहित)

लक्ष्मीराज पाध्याय– बाजुरा जिल्लामा यस बर्ष पानीका कारण हिउँदे बालीमा २० प्रतिशतले ह्रास आउने भएको छ । बडिमालिका खवरको नियमित कार्यक्रम कोरोना कहर कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द्र सिजापतीले यस्तो बताएका हुन । नियमित पानी परेका कारण गहुँ जौ लगायतका हिउदेँ बालीमा निकै ह्रास आएको ज्ञान केन्द्रका प्रमुख सिजापतीले बताए ।
लकडाउनको समस्यामा परेका बाजुराका कृषकहरुको तरकारी बारीबाट उठाएर बजारसम्म कृषि ज्ञान केन्द्र बाजुराले गरिदिएको प्रमुख सिजापतीले बताए । कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गाबिन्द्र सिजापती आफै किसानको घरमा पुगेर तरकारी संकलन गरि बजारमा पुर्याउने काम गरिदिएपछी किसानहरु खुसी भएका छन् । कोरोना भाइरस कोभिड–१९ का कारण भएको लकडाउनले बाजुरा जिल्लाका तरकारी उत्पादक किसानहरु मर्कालाई मध्यनजर गर्दै सो कार्य गरेको ज्ञान केन्द्र प्रमुख सिजापतीले बडिमालिका खवरलाई बताए । समयमै तरकारी ढुवानी नहुँदा तरकारी किसानको तरकारी बारीमै कुहीने भए पछी ज्ञान केन्द्रले सडको पहुचमा भएका कृषकको तरकारी बजारीकरणमा सहयोग गरेको उनले बताए । लकडाउन शुरु हुँदा बिक्रीका लागि तयार भएको बन्दा फर्सी लगायतका तरकारी यतिबेला बजारमा ढुवानी गर्न सकिरहेका छैनन् । ग्रमिण क्षेत्रका किसान निकै मारमा परेका भए पनी कालोपत्रे सडक भएको ठाउँका किसानहरुको तरकारी भने सहज रुपमा ढुवानी गर्न कृषि ज्ञान केन्द्र बाजुराले आफ्नै गाडी प्रयोग गरिरहेको सिजापतीको भनाई रहेको छ ।
किसान व्यावसायिक तरकारी खेती गर्दै आइरहे पनि लकडाउनका कारण करोडौंको तरकारी बारीमा सडने बताएका छन् ।  संकलन केन्द्रमा ठुला ट्रकहरु लिएर नियमित तरकारी लिन आउने व्यापारीहरु लकडाउनमा परेका र किसानहरुले भएको तरकारी पनी बिक्री गर्न नपाउने भएपछि सडकको छेउछाउँमा रहेका कृषकहरुको तरकारी बजार सम्म पुर्याउन केही मदत गरिदिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द्र सिजापतीले बताए ।
बाजुरा जिल्ला पुरै लकडाउनमा भएको समयमा बाजुराका किसान र मजदुर भने प्रतक्ष रुपमा प्रभाबित बनेका छन् । जिल्लामा सहज सडकको पहुच नभएकै कारण हरेक किसानले लगाएको तरकारी सहज रुपमा बजारसम्म पुर्याउन निकै कठिन भएको छ ।

https://www.youtube.com/watch?v=KaT55d9achU&t=66s

चर्चामा

सम्बन्धित समाचार