बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • हामि जनताका सेवक हौ : उपप्रमुख बिष्ट ( भिडीयाे सहित)

हामि जनताका सेवक हौ : उपप्रमुख बिष्ट ( भिडीयाे सहित)

  • मङ्लबार, बैशाख ३०, २०७७
हामि जनताका सेवक हौ : उपप्रमुख बिष्ट ( भिडीयाे सहित)

लक्ष्मीराज पाध्याय — उपप्रमुख कबिता बिष्टले हामि जनताका सेवक हौ, एउटा आस्ता बोेकेर चुनाव जितेको भएपनि अहिले भने जनताका सेवामा छौ कसैलाई पनि भेदभाब नगरेको बताएकि छन् । बडिमालिका खबर सँग कुराकानी गर्दै बिष्टले भनिन्, नगरपालिका भित्रका सुनौला हजार दिनका आमाहरुलाई सुत्केरी भाडो कार्यक्रम संचालन गर्न लागेको बताईन् ।
महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत सुत्केरी आमाहरुका लागि भनेर सो कार्यक्रम ल्याएको उपप्रमुख कबिता बिष्टले बताइन । बडिमालिका खवरको नियमित कार्यक्रम कोरोनाको कहरमा स्थानीय तहको भुमिका कार्यक्रमको अन्र्तवातामा उप प्रमुख बिष्टले यस्तो बताएको हो ।
यतिबेला बिश्व नै कोरोनाको महामारीमा लडिरहेको र त्यसको प्रभाव नेपालसंगै बाजुरा र हाम्रो नगरपालिकामा परेकोले सुत्केरी आमाहरुका लागि सुत्केरी भाडो कार्यक्रम ल्यायर सबै वडामा जाने कार्यक्रम रहेको उप्रमु्ख बिष्टले बताइन । सुनौला हजार दिनका आमा र बच्चाहरु बढि जोखिम हुने भएकाले साथै कुपोषण दर कम गर्न यो कार्यक्रम गर्न लागेको बताइन् ।
फरक प्रसंगमा उप प्रमुख बिष्टले यतिबेला निकै सचेतना अपनाउन पर्ने बेला भएकोले नगरपालिकाका सबै महिलाहरु सचेत हुन आग्रह समेत गरेकी छन् । यतिबेला गहु जौ टिप्ने र कामको सिजन भएकोले सामाजिक दुरी कायम गरी काम गर्न नगरबासी महिलाहरुलाई आग्रह समेत गरेकी छन् ।
लकडाउनका कारण समस्यामा परेका नागरिकहरुका लागि राहतका कार्यक्रम पनी अगाडी बढाएको उनले बताईन । राहत बितरण कार्य सबै वडामा भईरहकोले कोही पनी बिपन्न गरिवहरु नछुटोस भनेर वडाअध्यक्षहरु निकै खटिएको र वडाअध्यक्षहरुको कामको प्रसंसा समेत गरेकी छन् । आफ्नो नगरपालिकाका सबै वडाअध्यक्षहरु निकै काममा खटिएका उनले बताइृन ।
राहत बितरणमा राजनीती बढि भयो भन्ने छ नी भन्ने प्रश्नमा उनले राजनीती नभएको दावी गरेकी छन् । हामी ५ बर्ष जनताको सेवाका लागि आएका हौ जनताको सेवामा सर्मपित छौ, त्यसैले नहुने अबहाफ नफैलाउन आग्रह समेत गरेकी छन् । त्यसै गरी जिल्ला बाहिर रहेका बिद्यार्थी मजदुर र अलपत्र परेका सबैलाई राहतको कार्यक्रम ल्याएको बडिमालिका खवरलाई बताएकी छन् ।

https://www.youtube.com/watch?v=InRq68sk-vU&t=1s

चर्चामा

सम्बन्धित समाचार