शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • मनोरञ्जन
  • दिवेश पोखरेल ‘अमेरिकन आइडल’को उत्कृष्ट ७ मा (भिडियो)

दिवेश पोखरेल ‘अमेरिकन आइडल’को उत्कृष्ट ७ मा (भिडियो)

  • सोमवार, बैशाख २९, २०७७
दिवेश पोखरेल ‘अमेरिकन आइडल’को उत्कृष्ट ७ मा (भिडियो)

नेपाली गायक दिवेश पोखरेल ‘अमेरिकन आइडल २०२०’काे टप ७ मा पुगेका छन् । गायक पोखरेल अमेरिकन आइडलको १८ औं सिजनको शीर्ष ७ मा पर्न सफल भएका हुन् । उनी अमेरिकाको स्टेजमा अर्थर गनको नामले चिनिदै आएका छन् ।

उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो। दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको किस द गर्ल बोलको गीत गाएका थिए।

कोरोना भाइरसको कारण अमेरिकामा पनि लकडाउन जारी रहेका कारण उनले आफु रहेकै घरबाट प्रस्तुती दिएका थिए । टप ५ बाट फाइनल गराइने अमेरिकन आइडलको नियमअनुसार दिवेश अब फाइनलमा पुग्न एक खुड्फकीलो मात्र बाँकी छ ।

दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ। अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ। #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार