शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • मोडल पुनम पाण्डे पक्राउ, अदालतमा पेश गरिँदै

मोडल पुनम पाण्डे पक्राउ, अदालतमा पेश गरिँदै

  • सोमवार, बैशाख २९, २०७७
मोडल पुनम पाण्डे पक्राउ, अदालतमा पेश गरिँदै

भारतीय मोडल तथा नायिका पुनम पाण्डे पक्राउ परेकी छिन् । आइतबार लकडाउन उल्लंघन गरेपछि उनलाई मुम्बई पुलिसले पक्राउ गरेको हो ।

पुनम बीएमडब्ल्यू कारमा आफ्ना साथीहरुसँग घुमिरहेकी छिन् । पुनममाथि सरकारी आदेशको उल्लंघन गरेको आरोप लागेको छ । पुलिसले पुनमका साथै उनका साथी सेम अहमदलाई पक्राउ गरेको छ ।

मुम्बई पुलिसका अनुसार पुनम र उनका साथीलाई मरिन ड्राइभ इलाकामा एक पाँच तारे होटल बाहिर पक्राउ गरिएको हो । पुलिसले उनको कार पनि जफत गरेको छ । आज उनलाई अदालतमा पेश गरिनेछ ।

चर्चामा

सम्बन्धित समाचार