शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गरीबहरुका लागि ब्यबस्था नै कारागार छ

गरीबहरुका लागि ब्यबस्था नै कारागार छ

  • आइतवार, बैशाख २८, २०७७
गरीबहरुका लागि ब्यबस्था नै कारागार छ

हाम्रो लागि हारे नेल जित्नलाई संसार छ,
मक्कि सकेको किल्ला ता ढल्न हतार छ।

जसले संसार सिगाय्राछ तनमन खियाएर,
आज जताततै त्यहि बर्गमानै दुरा चार छ।

अधिकार मिल्दैन पुँजीवादी सम्रचना भित्र
यो ब्यबस्था त आफु भित्रै समेत बिमार छ।

हाम्रो देश भित्र त बिकाशको सपना न देखे,
किनकी देशको मूल शक्ति सिमाना पार छ।

पुँजी पति को लागि सदै स्वर्ग छ समाज मा,
गरीबहरुका लागि ब्यबस्था नै कारा गार छ।

देशको बिकाश गर्न गएका कत्न पुगे हेर त,
तर देशको ता कुरै छाडौ झन नाङ्गे झार छ।

किसान ज्यामि को न मानो न राम्रो छ छानो,
झोले नेताहरु गुड्ने त बिदेशी पजेरो कार छ।
सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार