• होमपेज
  • देश
  • थप एक जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ११० पुग्यो

थप एक जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ११० पुग्यो

  • शनिबार, बैशाख २७, २०७७
थप एक जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ११० पुग्यो

उदयपुर : उदयपुरमा शनिबार एकै दिन चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अअिधकारीले १८, ४५ र ६५ वर्षीया महिलामा संक्रमण पुष्टि गरेसँगै साँझ थप एक ४३ वर्षीया महिलामा संक्रमण देखिएको हो।

यो संगै उदयपुरमा कोरोना संक्रमणको संख्या ३२ पुगेको छ। देशभर गरेर संक्रमितको संख्या ११० पुगेको छ।  त्रियुगा नगरपालिका-३ भुल्केस्थित नुरी मस्जिद आसपासका क्षेत्रमा तीन दिन अघि ३ सय ३४ जनामा दोश्रोपटक गरिएकको स्वाब परीक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए। संक्रमित सबै मुस्लिम समुदायका महिला हुन्। कोशी अस्पताल विराटनगरको पीसीआर ल्याबमा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको डा. अधिकारीले बताए।

संकलित स्वाब धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको थियो। तीन सय ३४ जनाको स्वाब संकलन गरिएको थियो।

यसैबीच पुनःपरीक्षणमा भेटिएका ३ जना संक्रमितलाई शनिबार उपचारका लागि एम्बुलेन्सबाट विराटनगरस्थित कोसी कोरना उपचार अस्पताल लगिएको छ। बाँकी एक जनालाई आइतबार बिहान लैजाने तयारी भएको छ।

संक्रमितको संख्या ११० पुग्दा ७८ पुरुष र ३२ महिला छन्। संक्रमितमध्ये ३१ जना निको भएर डिस्चार्ज भएका छन्।  ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ र प्रदेश नम्बर ५ मा ३० र सुदूरपश्चिम प्रदेशका ५  संक्रमित हुन्।

शनिबारसम्म पीसीआर १६ हजार तीन सय ९ जनाको नमुना परीक्षण भएको छ भने आरडीटी विधिबाट ५५ हजार ९ सय ३० जनाको नमुना परीक्षण भएको छ।  अहिले १४ हजार पाँच सय ९२ क्वारेन्टाइनमा छन् । उपत्यकामा दुई र बाहिर १४१ गरेर आइसोलेसनमा १४३ जना छन्।

चर्चामा

सम्बन्धित समाचार