• होमपेज
  • देश
  • भारतले लिपुलेकमा सडक बनाएको भन्दै नेपाल सरकारको आपत्ति

भारतले लिपुलेकमा सडक बनाएको भन्दै नेपाल सरकारको आपत्ति

  • शनिबार, बैशाख २७, २०७७
भारतले लिपुलेकमा सडक बनाएको भन्दै नेपाल सरकारको आपत्ति

नेपाली भूमि लिपुलेकमा भारतले उद्घाटन गरेको सडक प्रति नेपाल सरकारले औपचारिकरुपमा आपत्ति जनाएको छ। परराष्ट्रमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतको उक्त कदमप्रति दुःख व्यक्त गरेको हो।

विज्ञप्तिमा भनिएको छ- भारत सरकारले मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेकोप्रति नेपाल सरकारको खेद छ। भारतले एकतर्फी रुपमा सडक बनाएर दुई देशबीच प्रधानमन्त्रीस्तरमा नै भएको आपसी छलफलबाट सीमाविवाद समाधान गर्ने समझदारी विरुद्ध रहेको मन्त्रालयले ठहर समेत गरेको छ। मन्त्रालयले नेपालीभूमि भित्र कुनै पनि गतिविधि नगर्न आग्रह समेत गरेको छ।

चर्चामा

सम्बन्धित समाचार