सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रवास
  • महाराष्ट्रबाट मध्य प्रदेश हिँडेका थाकेर बसीरहेका बेला १६ जना मज्दुरकाे रेलले किचेर मृत्यु

महाराष्ट्रबाट मध्य प्रदेश हिँडेका थाकेर बसीरहेका बेला १६ जना मज्दुरकाे रेलले किचेर मृत्यु

  • शनिबार, बैशाख २७, २०७७
महाराष्ट्रबाट मध्य प्रदेश हिँडेका थाकेर बसीरहेका बेला १६ जना मज्दुरकाे रेलले किचेर  मृत्यु
तस्बिर : एजेन्सी

मुम्बई — भारतको महाराष्ट्र राज्यको औरंगाबादमा मालवाहक रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु भएको छ । शुक्रबार बिहान भएको दुर्घटनामा १४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै दुर्द्घटनामा एक जना गम्भीर घाइते भएको र तीन जना भने भाग्न सफल भएको द इन्डियन एक्सप्रेसले जनाएको छ । एउटा स्टील कारखानामा काम गर्ने २० मजदुरहरु जालनाबाट भुसावलतर्फ जाने क्रममा दुर्घटना भएको बताइएको छ । मध्य प्रदेश जाने ‘श्रमिक स्पेसल’ रेल भेट्टाउन भुसवालतर्फ हिँडेका ती मजदुर थाकेपछि रेल्वे ट्रयाकमै सुतेको बताइएको छ । जाल्नाबाट भुसावलबीचको दूरी करिब १५० किलोमिटर रहेको ४५ किलोमिटर हिँडिसकेपछि उनीहरु रेल्वे ट्रयाकमै सुस्ताएको प्रहरीले बताउको छ । उनीहरु सुतिरहेका बेला मालवाहक रेलले बन्दनपुर कर्माड स्टेसनबीचको ठाउँमा किचेको हो ।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई मध्य प्रदेश सरकारले ५ लाख भारतीय रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेको छ । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उनले रेलमन्त्री पीयूष गोयलसँग यसबारेमा कुराकानी भएको र यथासम्भव सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार