शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • विश्वभर कोरोना संक्रमितको संख्या ३९ लाख बढी, यी हुन् बढी प्रभावित ५ देश

विश्वभर कोरोना संक्रमितको संख्या ३९ लाख बढी, यी हुन् बढी प्रभावित ५ देश

  • शनिबार, बैशाख २७, २०७७
विश्वभर कोरोना संक्रमितको संख्या ३९ लाख बढी, यी हुन् बढी प्रभावित ५ देश

एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३९ लाख ८१ हजारभन्दा बढी पुगेको छ । वल्ड्रोमिटरको तथ्याँकअनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या विश्वभर ३९ लाख ८१ हजार ७ सय ६३ जना पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी संक्रमित हुने ५ देश
अमेरिका– १३ लाख ८ हजार ५ सय ८२
स्पेन– २ लाख ६० हजार, १ सय १७
इटली– २ लाख १७ हजार १ सय ८५
ब्रिटेन– २ लाख ११ हजार ३ सय ६४
रुस– १ लाख ८७ हजार ८ सय ५९

इटलीमा मर्नेको संख्या ३० हजार नाघ्यो

इटलीमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३० हजार २ सय १ पुगेको छ । अमेरिका र बेलायतपछि इटली संक्रमणबाट मर्नेहरुको संख्याका आधारमा तेश्रो देश भएको छ । अमेरिकामा मर्नेहरुको संख्या ७७ हजार नाघेको छ भने बेलायतमा ३१ हजार बढीको मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार