जुन देशभित्र आपसमा मारा मार हुन्छ,
जनताको समस्या कसरि साकार हुन्छ।
देश भक्त लाई अपमान अनि जेल नेल,
भ्रष्टचारी र देश द्रोही लाई उपहार हुन्छ।
राणा र राजा जस्ता ताना शाह टीकेनन्,
हेर्दैजाउ तानाशाको स्वर्ग कारागार हुन्छ।
भरिदै जान्छ जब यस्तै भ्रष्टचार को घैँटो,
एकदिन त्यो फोर्ने देशभित्रै औतार हुन्छ।
आज जस्लाई कोरोना जस्तै सम्झीउ हेर,
उन्कै हृदयमा देशको मायाँ आपार हुन्छ।
कसैले ह्यापन सक्दैन हाम्रो देश कहिलेइ,
किन कि विर नेपाली आफै औजार हुन्छ।
सरकार बिदेशको भट्टि मा कुटिएका हरु,
आफै नि इस्पात दुईधारका तरवार हुन्छ।
होसियार बसे लाकडाउन पछि फर्किने त,
बक्तको आरनमै पिटिएको हथियार हुन्छ।
सुरेशकुमार पान्डे।