• होमपेज
  • बाजुरा बिशेष
  • बजार अनुगमनमै गएका अनुगमन समितिका सदस्य नै प्रहरी नियन्त्रणमा

बजार अनुगमनमै गएका अनुगमन समितिका सदस्य नै प्रहरी नियन्त्रणमा

  • बिहिबार, बैशाख २५, २०७७
बजार अनुगमनमै गएका अनुगमन समितिका सदस्य नै प्रहरी नियन्त्रणमा

बाजुरा २५ बैशाख –बिश्व ब्यापीरुपमा फैलिएको कोराना भाईरस कोभिड १९ लाई मध्यनजर गर्दै लकडाउनको समयमा हुने कालो बजारी र म्याद सकीएको बस्तुहरुको बिक्रिलाई अनुगमन गर्न गएको टोलीका सदस्य प्रहरी नियन्त्रणमा परेका छन् ।
घरेलु साना उद्योग बिकास समितिका कर्मचारी तथा अनुगमन टोलीका सदस्य बिक्रम कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताएका छन् ।
बाजुरा जिल्लाको बुढींगगा नगरपालिकाको डाब बजार, मालिका बजार, रिठा बजार, बेलालमाण्डौ बजार, बाम्का बजार, हुदै तिपाडा सम्मका बजार लगाएतका बजार अनुगमनको क्रममा मदिरा सेबन गरेर गालि बैजति गरेकोले क्राउ गरेको रोकायाले बताए ।
बजार अनुगमनकै समयमा टोलीका सदस्य कटुवालले मदिरा सेबन गरेर सार्बजनिक रुपमै कालि गलोज गरी होहल्ला गरेको र टोलीकै बैजत गरेकोले कटुवाललाई जिल्ला प्रहरी कार्यालयका प्रहरी हिरासतमा राखेको र छानबिन गरि कार्बाही गर्ने प्रहरीले जनाएको छ ।
बजार अनुगमनमा घरेलु तथा साना उद्योग बिकास समिति प्रमुख मानबहादुर चाटको संयोजगत्वमा कोष लेखा नियन्त्रण कार्यालयका लेखापाल धनबहादुर थापा, नेपाल पत्रकार महासघ बाजुराका अध्यक्ष प्रकाश सिंह, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्ष दानबहादुर रोकाया, उद्योग बाणिज्य सघका अध्यक्ष देबबहादुर रोकाया,पशुबिज्ञ केन्द्रबाट सिद्धराज जैशी सतिका सदस्यहरुको टोली बजार अनुगमानको लागि गएको थियो ।
अनुगमनको क्रममा फेला परेका म्यान सकीएको अखाद्या बस्तुहरु पनि टोलीने नष्ट गरेको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार