शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • देश
  • नेकपाका नेता कर्ण थापा भन्छन्, “देशलाई केन्द्रभागमा राखेर काम गर्नु नै सबैको कर्तव्य हाे”

नेकपाका नेता कर्ण थापा भन्छन्, “देशलाई केन्द्रभागमा राखेर काम गर्नु नै सबैको कर्तव्य हाे”

  • बिहिबार, बैशाख २५, २०७७
नेकपाका नेता कर्ण थापा भन्छन्, “देशलाई केन्द्रभागमा राखेर काम गर्नु नै सबैको कर्तव्य हाे”

देशलाई केन्द्रभागमा राखेर काम गर्नु नै सबैको कर्तव्य हाे, पार्टी भित्र पाखुरी सुर्कासुर्कि अलि समयलिएर उपयुक्त समयमा गर्दा हुदैन र कमरेडहरु ? लेख्दै नेकपा नेता तथा शुदुरपश्चिम अध्यक्ष कर्ण बहादुर थापाले आफ्नाे टिप्पणी सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनले अहिले बिश्व सँगै देश स‌कट परेकाे बेला देशलाइ केन्द्र भागमा राखेर सबै मिलेर अगाडि बढनु पर्ने वताएका छन् । कोरोनाले ल्याउन सक्ने आर्थिक संकट कल्पना भन्दा भयावह अबस्था छ कसरी देशलाइ स‌कट बाट बचाउने भन्ने सबै लाग्नु पर्ने थापाकाे टिप्पणी रहेकाे छ ।

ओलीनिकट मानिने नेकपा नेता कर्णबहादुर थापाले सामाजिक सञ्जालमा लेखेका छन्, : “गत शनिवार बसेको सचिवालय वैठकमा भएका निर्णयहरु सार्वजनिक गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्नु भयो । आफूमा रहेका कमिकमजोरीको बारेमा सबैले आत्मालोचना गरियो । पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउने निष्कर्ष निकालियो । सरकारलाई पार्टीको वलियो साथ रहनेछ । क. बामदेवलाई उपयुक्त समयमा प्रतिनिधीसभामा ल्याईनेछ । सचिवालयको एकताको प्रस्ताव स्थायी कमिटीमा लैजानका लागि अध्यक्ष कमरेड प्रचण्ड र महासचिव क विष्णु पौडेललाई जिम्मेवारी तोकिएको छ । त्यसैगरी क.झलनाथ खनालको प्रतिक्रिया सबैले सुने, पार्टी एकतावद्ध भएर अगाडि बढ्ने भयो । जनता र कार्यकर्ताका कुरा सुन्यौ । अब पाँच क.केपी शर्माओली सरकारले काम गर्छ । हामी राजीनामा माग्दैनौ । यी सन्देशले जनता र कार्यकर्ता पंत्तिमा ठूलो उत्साह छायो । त्यसकोभोली पल्ट विभिन्न ठाऊँमा गुटका भेला गरिएका समाचार आए । सचिवालयको निर्णय मान्दैनौ । सबै निर्णय स्थायी कमिटीले गर्नु पर्दछ।

वैठकको माग गर्ने २० जनाको एकैमत लिएर वैठकमा जानुपर्दछ भनी दस्तावेज लेख्ने जिम्मेवारी पनि केही व्यक्तिले पाएछन् । २० जना स्थायी कमिटीका सदस्यहरुको छुटै भेला पनि भएछ। । धेरै स्थायी कमिटीका सदस्यले गुट भेला गरेर पहिल्यै निष्कर्ष निकालेर वैठकमा जाँने सोच पार्टीको हित र विधान विपरित छ, यसो गर्नु हुदैन भन्ने मत राखे्पछि केही व्यक्तिहरुको पार्टीभित्र विवाद गराइरहने उद्धेश्य असफल भयो । २४ गतेको सचिवालय बैठकपछि दुई अध्यक्षको सहमतिमा स्थायी कमिटीको वैठकको मिति सारिएको छ । काम कुरो एकातिर कुम्लो वोकी ठिमीतिर भन्ने उखानलाई चरितार्थ गर्ने गरी नेताहरुले काम नगरिदिए हुन्थ्यो भन्ने आम जनता र कार्यकार्ताको भावना छ । संसद वोलाइएको छ । बजेट ल्याउने बेला नजिकै आईसक्यो । कोरोनाले ल्याउन सक्ने आर्थिक संकट कल्पना भन्दा भयावह छ । देशलाई केन्द्रभागमा राखेर काम गर्नु नै सबैको कर्तव्य होइन र ? पार्टी भित्र पाखुरी सुर्कासुर्कि अलि समयलिएर उपयुक्त समयमा गर्दा हुदैन र कमरेडहरु”?

चर्चामा

सम्बन्धित समाचार