शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • देश
  • त्रिशक्क्ति क्वारेनटाइनमा म्याद सकिएको चामलको ल्याब परिक्षण गरिने

त्रिशक्क्ति क्वारेनटाइनमा म्याद सकिएको चामलको ल्याब परिक्षण गरिने

  • बुधबार, बैशाख २४, २०७७
त्रिशक्क्ति क्वारेनटाइनमा म्याद सकिएको चामलको ल्याब परिक्षण गरिने

बाजुराको बुढिगंगा ९ त्रिशक्क्ति क्वारेनटाइनमा बसेकालाई म्याद सकिएको चामलको ल्याब परिक्षण गरिने भएको छ । क्वारेनटाइनमा बसेकालाई म्याद सकिएको चामल दिएको समचार बाहिर आएपछि ल्याब परिक्षण गरिने भएको बुढिगंगा स्वास्थ्य संयोजक दिपक शाहले बडिमालिका खबरलाई बताएका छन् ।
जिल्ला प्रशासन कार्यलयले बास्तविक के हो बुझेर प्रतिबेदन पठाउन पत्रचार गरेपछि नगरपालिकाले नगर उपप्रमुख तारा खातिको संयोजकत्वमा छानबिन समिति बनाएको हो । समितिमा, स्वास्थ्य संयोजक दिपक शाह, प्रशासन अधिकृत नरेन्द्र नाथ र प्रहरीको प्रतिनिधि रहेका छन् । समितिले बोराको मितिमा चामल म्याद सकिएको चामल ल्याएर धनगढी गुणस्तर मापन केन्द्रमा पठाउन लागेको संयोजक शाहले वताएका छन् । चामल नगरपालिका ल्याइसकेको छ, गाडि पाँउने बितिकै धनगढि पठाउने शाहले थपे ।
समितिले बिक्रि गरेको ब्यापारिको गोदाममा हेर्दा चामलको मिति सन २०१७ को दोस्रो महिना उत्पादन मिति रहेको छ । हामिले सुनिल बानियाँ को पसलको गोदाम र बेतालमाण्डौ रहेका ब्यापारि मान बहादुर धामि गोदाममा म्याद सकिएको चामल थप भेटिएको अनुगमन समितिले बताएको छ । तलै बाट त्यस्तो चामल आएको हुन सक्ने एक समिति सदस्यले वताएका छन् । बेतालमाण्डौ धामिको पसलमा बाह्र तेह्र कट्टा चामल म्याद सकिएको गोदाममा फेला पारेको बिक्रि नगर्न भनेर आको समितिका सदस्य दिपक शाहले वताए ।
चामलमा त्यस्तौ कुनै कैफियत आएमा बिक्रि गर्नेलाई आबश्यक कार्यवाहि गर्ने रहेको नगरपालिकाले जनाएको छ । क्वारेनटाइनमा बसेकाले मिति हेरेपछि म्याद सकिएको चामल खुवाएको खुलाशा भएको थियो । केही चामलमा भने २०१७ को मिति लेखिएको भएपनि मार्करले २०२० लेखिएको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार