बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • सिस्नुपानीको याद

सिस्नुपानीको याद

  • बुधबार, बैशाख २४, २०७७
सिस्नुपानीको याद

मुकुन्द्र जैशी/काठमाडाै

करिब बाह्रतेर्ह बर्षको उमेर थियो। भर्खरभर्खर किशोरावस्थाको ढोका खुलेका थिए।आफ्नै जिद्दीआफुमात्र ठिक र आफ्नो मात्र राम्रो भन्ने बानी मेरो दिनप्रतिदिन बढ्दै थियो । कसैले सम्झाए पनि नराम्रो मान्ने किन भन्यो होलाको हो त्यो भन्ने सोच मनमनै आउथ्यो। साथीहरू बटुल्ने, भकुण्डो खेल्ने ,गुलेली खेल्ने ,चराको गुड खोज्दै हिड्ने चल्लाहरु भेट्यो भने लिएर आउने,अण्डा मात्र भए काचै खानेकेही नभए गुण नै भत्काइदिने,गुलेलीले घरको छतमा राखेका फर्सीहरु फुटाइदिने,टिनले छाएको घर भए टाढाबाट गुलेली हान्ने जस्ता बानीहरुमा म पनि परिपक्क हुँदै थिए । यस्तो गर्नुमा अलि उमेरको दोस थियो त अलि साथीसङ्गत भन्नुपर्छ ।
डम्मर,सन्तोष,देबराज,भक्त,हर्क,मेरा साथी थिए भने कासीचन्द्र चाहिँ दाइ थिए।सन्तोष बाहेक अरु सबै मेरो उमेरभन्दा बढिका थिए। म,डम्मर र हर्क अरुहरु भन्दा दुइकक्षा बढी पढ्थ्यौ। एउटै स्कुलमा पढ्ने भएकाले साथीहरू स्कुलजांदा र फर्किदा पनि साथ छुट्दैनथ्यो । सनिवार पनि गाइबस्तु हेर्न जाने र दाउरा ल्याउन जाने भएकाले सबै सङ्गै हुन्थ्यौ । भक्त र कासिदाइले तासखेल्न जानेका थिए । दिनदिनैको तिनको सङ्गतले मैले तास खेल्न सिकिसकेको थिए। दिनमा तास खेल्यो भने ठुलामान्छे ले देखेर तासै च्याति दिने गर्थे । यस्तो भएपछी हाम्रो साथ दिनभन्दा रात बढी हुन थाल्यो । यसरी दिनप्रतिदिन हामी रातभरी नसुतीनसुती तासखेल्नमा सारै ब्यस्त हुन थाल्यौ अझै भनौ नखेलेको दिन निन्द्रा नै लाग्दैनथ्यो ।
एकदिनको कुराथियो । सबैजना राती भक्तको मा गयर तासखेल्ने योजना बनायौ । म  खाना खाइसकेपछी बुबाले कोटखोलेर राखेको ठाउमा बिरालोको चालमा गएर कोटको खल्टिबाट नहेरिकन एउटा नोट तानेर हिडिहाले । भक्तको मा सबैजना पुगेर खेल्न थालिसकेका थिए । खल्तिबाट नोट झिक्छु त एकहजार को पो रहेछ । एकातिर डरलाग्यो किन चोरेहोला सोचे अर्कोतिर ह्या खेलम न के हुन्छ र बुबालाइ पनि के था मैले लगेको भन्ने सोचे र खेल्न थाले । तिनपत्ती खेल्दै गर्दा सुरुसुरुमा चारपाँच सय जितमै थिए बिस्तारै हार्दै हार्दै तल घटिराखेको थिए ।आज त खेल्नेभन्दा हेर्ने पनि धेरै थिए । सबैको आवतजावतले ढोका खोल्ने बन्द गने काम भैराकोथ्यो ।
एकै छिन पछि टक्टक नबोलिकन ढोकामा हानेको आवाज लगातार आयो।ढोकामा हानेको हान्यै गरेपछी भक्तको भाइ गएर ढोका खोल्यो। त्यतिकैमा ठुलै सिस्नुको मुठो सहित तासको खालमा सबैको गाला,हात र पिठ्युँमा लाग्ने गरि हिर्काउनुभयो । मेरो आखामा लाग्यो र मैले आखै देखिन । अरु सबैजनाको भागाभाग भयो । मेरो हातमा समाती ढोकाबाहिर धकेलेर गालीगरेपछी बल्ल थाहा पाए हिर्काउने आमा हुनुहुदो रहेछ।   
मलाइ पिट्दै घरल्याउनु भयो । म रुदैरुदै घर आए।
पैसाचोर्ने अनि तास खेल्नेअब यस्तौ गरिस भने घरै बस्न दिन्न” भन्दै नानाथरी गाली गर्नुभयो र सिस्नुपानीले पिढ्युभरी डामबस्ने गरि कुट्नुभयो । खै पैसा ल्या भन्दै खल्ती बाट आफै निकाल्नु भयो। सबै खल्ती खोतल्दा जम्मा एकसय असी मात्र भेटाउनुभो । सर्लक्क परेको हजारको नोट लिएको मैले तासखेल्दा च्यातिएका र टालिएका पाँचदस र बीस गरि जम्मा एकसय असि रुपिया मात्र बाकि रहदा मेरो त आशुमाथी आशु थपियो।  मनमनै एर्को कुनैदिन खेलेर पक्कै जितुला भन्ने सोचे र हिक्कहिक्क गर्दै सुते ।
यस्तोक्रम धेरैपटक दोहोरिरह्यो।आमालाइ जति ढाटेर गएपनी थाहापाइहेल्नु हुन्थ्यो। तासको खालमै गएर कराउनु हुन्थोपिट्नुहुन्थ्यो,हप्काउनुहुन्थ्यो,सम्झाउनु हुन्थ्यो ।” कसैको आमालाइ मतलब छैन मेरो आमाले मात्र किन यस्तो गर्नुभाको होला” । सबैसाथिले मेरो आमालाइ के सोच्छन होला । यस्तै सोचेर आमा देखि निकै रिस उठ्थ्यो । आमालाइ लुकिछिपी गरेर तास खेल्ने बानी भने हटेको थिएन ।
गाउमा लुकिलुकी तास खेल्ने केटाहरु भनेर म लगाएत पाँच जना साथिहरुको नाम स्कुलमा पुगेछ । प्रथाना लाइनमा लागेका बेला स्कुलका हेड सरले नाम बोलाउनु भयो । भक्तकासीचन्द्र,मुकुन्द्र,देबराज र सन्तोष । सबैजना लाई लहरै लाइनमा राख्नुभयो र माथिलगाको स्कुलको सर्टखोलेर नाङ्गो बनाउनु भयो । ठूलो मुठो सिस्नुपानीले बेसरी सबैजनाको नाङ्गोपिढ्यु मा हिर्काउनुभयो । सरिरभरी दाना दाना आए। स्कुलभरिका सबै बिद्यार्थी र सरहरुले थाहा पाए। क्लास मा पस्टहुने मुकुन्द तासमा पनि फस्ट नै रैछ भन्दै क्लास टिचरपनि जिस्काउन थाले। गाउँमा अरु अरु धेरै मान्छेले पनि थाहा पाए।
केहिदिन पछि स्कुलमा नाम दिने मान्छे थाहाभयो ।
उहाँ मेरो आमा हुनुहुदोरहेछ ।
धेरै दिनसम्म मलाइ सबैका सामुन्ने जान पनि बेइज्जत लाग्न थाल्यो । मलाइ तासभनेपछी निकै रिस उठन थाल्यो । बाटोमा कतै तासदेखेपनी ढुङ्गाले कुट्न थाले। बिस्तारै तास खेल्ने र हेर्ने दुबै बानी हाट्दै गयो ।
अचेल धेरै भयो तास खेकेकै छैन । गाउँमा गएपछी दिपावलीका बेला साथीले जिद्दी गर्दा पनि तास खेल्न र हेर्न खासै रुची लाग्दैन । बरु त्यो समयमा घरका काममा सघाउछु। अरु अरु काम मा ब्यस्त हुन्छु । तास खेल्न बसेकालाई बोलाउन आएकी उनकी आमाबहिनी,श्रीमती कराउदा कराउदा हैरान हुन्छ्न तर अझै उठ्दैनन ती खेलाडी हरु । यी मान्छेलाइ देखेर म आमालाइ सम्झिन्छु। मेरोआमाले त्यस्तो नगर्नु भाको भए म पनि यस्तै सुपर खेलाडी हुन्थे कि ?
यस्तो देखेर आमापनि भन्नुहुन्छ “जुवातास नसा हो बानी बिग्रीयो भने सुधार्न निकै गार्हो हुन्छ”। उहिले तेसो नगर्या भया त पनि बिग्रीन्थिस होला ।
म पनि अचेल मन मनै सोच्छु । आमाले यसरि कुट्नु भएकोस्कुलमा कुटाउनलाइ नाम दिएको सबै मेरै बानी सुधार्न रहेछ । क्षणिकरुपमा आमाले गर्नु भएको सजायले मन रोएपनी सबै सजाय मेरो बानि सुधार्न रहेछन भन्ने महसुस अहिले हुदैछ। आफ्ना सन्तान लाई कस्तो बनाउने भन्ने आमाबुबा को हात हुन्छ भन्थे साचो हो लाग्दैछ ।
अहिलेको यो सूचना प्रबिधिले फट्को मारिसकेको समयना स-साना भाइबहिननिहरु समाजिक संजालइन्टरनेट र गेम हरुमा निकै ब्यस्त देखिन्छन । सुन्दर भबिस्य बोकेका भाइबहिनीहरुमा चाडै नकारात्मक बानी बसेर निकै असर पर्न सक्छन । कुटेर मात्रहोइन विभिन्न माध्याम बाट आफ्ना छोराछोरीको नराम्रो बानीलाई समयमै छुटकारा दिनसकेपछी आफू असल अभिभावक भएको महसुस हजुरहरुलाइ पक्कै हुनेछ।
 #miss u aama
#Staysafe stayhappy
#lockdowndiary

चर्चामा

सम्बन्धित समाचार