शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • मार्क्स दुनियाँ भरिका मान्छेका लागि लडे

मार्क्स दुनियाँ भरिका मान्छेका लागि लडे

  • सोमवार, बैशाख २२, २०७७
मार्क्स दुनियाँ भरिका मान्छेका लागि लडे

 आज भन्दा दुई सए बर्ष पहिले जन्मिएका कार्ल हेनरिख मार्क्स सारा जिवन भ्रमको बिरुद्धमा वास्तबिकताको लागि लडे।उनैले यो मानव समाज बिकाशको वैज्ञानिक पद्धतिलाई खुट्टाले टेकेर उभ्भिन सिकाए।मार्क्सले प्रतिवादन गरेको शिधान्त वैज्ञानिक जगमा उभिएको भएरनै सदा बहार भयो। ५मई १८१८मा जर्मनको प्रसा प्रदेशको त्रियर नगरमा जन्मिएका मार्क्स आज संसारभरीमा शंघर्षलिलछन।आज पनि उनैको दर्शनले यो चराचर प्राकृति र मानव जगतमा मुख्यतय उनैको दर्शनले शंघर्ष गरिरहेको हामि पाउँछौँ।

मार्क्स वादी दर्शनले आज भौतिकवादको प्रतिनिधित्व गरिरहेकोछ। कार्ल मार्क्स एउटा राम्रो सचेत र सम्पन्न परिवारमा जन्मिएका हुँन।उन्का पिता हेरस्केल हाईनरिक एउटा यहूदि परिवारका हुँन पेसाले उनि वकिल थिए।जस्ले पछि मार्क्स छे बर्षको छँदा धर्म परिवरतन गरेर ईसाई प्रोटेस्टेन्ट धर्म अगाले। मार्क्स सानै देखि बिलक्षण प्रतिभासालि सम्पन्न थिए।उन्ले १७बर्षमा छँदा एउटा निबन्ध लेखे”आफुलाई मन प्रने जिवनबृति लिनु भन्दा पहिले एउटा तन्नेरीको बिचार”मा भनिएको थियो-‘जुन जिवनका वृतिका लागि हामि आफुले आफुलाई अति योग्य सम्झिन्छौ,परन्तु हामि त्यसलाई चिन्दैनौ।यो भन्दा पहिले हामिले आफ्नो सामाजिक सम्बन्ध निर्माण गरौँ।

“वास्तबमा उन्लाई कलिलो उमेरमै सामाजिक ज्ञान भै सकेको थियो।समाज प्रति शुक्षम दृष्टिकोणनै उन्को बाल्यकालको उच्च गुण थियो।जस्ले पछि महान ब्याक्तित्वमा स्थापित गय्रो।उन्को प्रारम्भिक शिक्षा दिक्षा त्रियर नगरमै भयो।सबै का आमा बाको आफ्नो औलादलाई समप्न बनाउँने हुँन्छ त्यस्तै मार्क्सका पितालेपनि उन्लाई आफु जस्तै वकिल बनाउँन खोजेका थिए।

मार्क्सले १७बर्षमा मैट्रिक पास गरे पछि उन्लाई बोन विश्वाबिध्यालयमा कानून् अध्यायन गर्न पठाए तर उन्लाई कानून् मा बढि रुचि थिएन।त्यँहा बाल्याकालकि साथि जैनि बेष्ट फालेन सँग मार्क्सको भेट भयो।जैनिले पनि त्यँहि अध्यायन गर्दै थिईन।उनि एउटा सम्पन्नशालि परिवारकि छोरी थिईन उन्को दाजु फान बेष्ट फालेन पछि घोर प्रतिकृया वादी सरकारमा मन्त्रि भए। जैनि सँगको मार्क्सको प्रेम बढ्दै गयको थाहा पाएपछि उन्लाई पिताले बार्लिन विस्व बिध्यालयमा सारेका थिए। त्यँहा मार्क्सले ईतिहाश र दर्शन शास्त्रको अध्यायन गर्न थाले।

त्यो बेला बार्लिनमा हेगेलवादी बिचारहरुको ब्यापक प्रचार थियो।मार्क्सले पनि हेगेलका बिचार बाट प्रभावित भए र अध्यायन गर्न थाले।उन्को जैनि सँग पनि पत्रचार निरन्तर जारि रहयो।उनि दुबैको बिचमा प्रेम प्रघाढ बन्दै गयो उनिहरुको बिचार मिल्थ्यो। १८३८ई.मा मार्क्सका पिताको मृत्यु भए पछि मार्क्सले दर्शन शास्त्रमा डाक्टरेट को लागि शोध कार्या सुरु गरे।उन्ले प्राचिन दार्शनिकहरुको दार्शनिक बिचारहरुलाई गहिरो अध्यायन गरे।१८४१मा युनानका प्राचिन दार्शनिक’ डेमोक्रयाईटस् र एप्पि क्युरसको प्रकृति दर्शनमा रहेको अन्तरलाई सम्पष्ट गर्दै खोज पत्र तैयारपारे।त्यहि निबन्धमा उन्लाई जेना विस्वबिध्यालय द्वारा डाक्टरेटको उपाधि पनि मिल्यो।

उन्को आर्थिक स्थिति कम्जोर भयपछि उनि प्राध्यापक बन्न खोजे तर उन्का बिचार क्रान्तिकारी भएकाले त्यो पुरा हुँन सकेन।उनि सरकारको आलोचक भए र रुढिवादी तथा अन्धबिस्वास,सरकारका जनविरोधी गतिबिधिको बारेमा आलोचना र भण्डाफोर्ड गर्ने उदेश्यले पत्रिका प्रकाशन सुरु गरे।तर पत्रिका केहि समयपछि प्रसाको सरकारले रोक लगायो।उन्को चेवा गर्न गुप्तचर खटायो यस्तो अबस्थामा मार्क्सले देश छाड्ने निधो गरे।पेरिस बाट मार्क्सका साथिहरुले ५००थेलरको प्रबन्ध मिलाई दिएपछि उनि१९जुन१८४३मा जेनि सँग बिबहा गरेर पेरिस पुगे।

मार्क्स….. त्यँहा बाट “जर्मन फ्रेञ्च बर्ष पत्र”को सम्पादन सुरु गरे।त्यसको प्रथम अंकमा मार्क्सका महत्वपूर्ण दुईवटा लेखहरु प्रकासित भए।एउटा हेगेलको भाव वादि दर्शको समालोचना र आर्को यहूदिहरुको प्रश्न,यि लेखहरुमा वर्गशंघर्ष र समाजवादको रुप रेखा कोरिएको थियो।त्यसैका कारण त्यँहाको प्रसाको सरकारले मार्क्सलाई वारन्ट जारिगय्रो।यसै अंकमा एँगेल्शका पनि दुईवटा लेख छापिएका थिए।जस्लाई पढेपछि मार्क्स एगेल्शका बिचार बाट काफि प्रभावित भए र पत्र लेखेर सम्प्रक साधे।त्यो पत्रिका परिवारभित्रै को बिवादले पछि बन्द भयो।

एगेल्श सँगको गाढा मित्रता जिवन भरीनै रहिरह्यो।मार्क्सले अर्थ शास्त्रको गहन अध्यायन सुरु गरे उनि मज्दुरहरुको शंघर्षमा पनि लगातार सहभागि हुँदै प्रतेक शंघर्षको गहिरो अध्यायन र बिष्लेषण गर्थे।उन्ले फ्रान्शेली क्रान्तिमा प्रभाव पार्ने भौतिकवादी बिचार धाराको गहन अध्यायन गरे। सन१८४४मा एगेल्श पेरिस आएर कार्ल मार्क्स सँग भेट गरे।त्यो भेटमा उनिहरुले शयुँक्त रुपमा”पबित्र परिवार र आलोचनात्मक आलोचनाको आलोचना”पुस्तकहरु लेखे।

त्यो बेला पेरिसबाट “अँघि बढ!”भन्ने पत्रिका प्रकाशित हुँन्थ्यो।मार्क्सले आफ्ना लेखहरु त्यहि पत्रिकामा छपाउँन थाले।तर त्यँहाको सरकारले मार्क्सलाई फ्रान्श छाड्ने आदेश जारिगय्रो।उनि फ्रान्शबाट बेल्जिएमको राजधानी आए ब्रूशेल्स गए त्यो खबरले एगेल्शलाई पिर पय्रो।केहि दिनपछि एगेल्शपनि ब्रूशेल्स पुगे।दुबैजनाले ईग्लैण्डको भ्रमणगरे त्यँहाका मज्दुरहरुको गतिबिधी बुझे र चार्टिशहरुलाई समर्थन गरे। त्यँहा बाट फर्केपछि मार्क्सले एगेल्शको सहयोगमा १८४६मा “कम्युनिष्ट सम्वाद समिति”गठन गरे।यो बिभिन्न देशमा समाजवादी आन्दोलन संचालन गर्नु,श्रमिक र प्रगतिशिल वर्गमा संगठानत्मक एकता कायम गराउँनु संगठनको उदेश्य थियो।

१८४७मा मार्क्सले प्रूधो को”दरिद्रताको दर्शन”नामक पुस्तको आलोचना गर्दै उन्का बिचारहरुको खण्डन गरे र”दर्शनको दरिद्रता”नामक ग्रन्थको रचना गरे।जस्मा मार्क्सले ऐतिहाशिक भौतिकवादको रुपरेखा पेसगरेकाछन।१८४७ई.मै बेलायतको एउटा मज्दुर संगठनले आफ्ना प्रतिनिधिहरु पठाएर मार्क्स एगेल्शलाई आफ्नो सँस्थामा निमन्तरण गर्यो।उनिहरु पनि त्यो संस्थामा गएर त्यसलाई “कम्युनिष्ट लीग”भन्ने नाम दिएर अन्तरराष्ट्रिय स्तरमा बिकाश गरे।

त्यसै सँस्थाको दोस्रो अधिबेशनले “लीग”भन्ने को घोषणा पत्र तैयार पार्न मार्क्स र एगेल्शलाई जिम्मा लगायो।परिणाम विस्वप्रशिद्ध “कम्युनिष्ट पार्टीको घोषणा पत्र” तैयार भयो। मानव जगतमा योनै सर्वाधिक चर्चित,महत्वपूर्ण र महान प्रेणा दायक कृतिको रुपमा प्रशिद्धि पायो।जो पछि १८४८मा पुष्तिकाको रुपमा छापियो र अहिले लगभग संसारभरीका भाषाहरुमा छापिएको मध्यको कम्युनिष्ट घोषणापत्र हो। १८४८पछि यस्को उदयपछि फ्रान्श,जर्मन,अमेरिका ,ल्याल्टिन अमेरिका बेलायत,आदि देशहरुमा क्रान्तिलाई जन्मायो।

पछि १८४९को अगस्थमा मार्क्स लण्डन गयर बाँकि जिवन त्यँहि गुजिरे।उन्लाई आर्थिक संकटले पनि बिचलित गर्न सकेन।दुईवटा छोरा गिडो एक बर्षको र एडगार नौ बर्षको एउटि छोरी बाल्याकालमै बिते।एडगारको मृत्युमा कफन किन्न नसकेर आफ्नो कोट च्यातेर कात्रो बनाएको हृदय बिदारक घटनाले कस्लाई भाबुक पार्दैन।उन्ले १८६७मा पर्थम खण्ड पुँजीको प्रकाशन गरे।दोश्रो र तेस्रो पछि एँगेल्शले प्रकासित गराए।

मार्क्सले १८६४मा प्रथम अन्तराष्ट्रिय को गठन गरे तर त्यो १८७४मा बिघटन भयो।पछि १८८१मा उनि पत्नि बियोगमा परे।आर्थिक दुराचार,अध्याधिक कामले गर्दा १८८२मा उनि बिमार हुँन थाले र१८८३को मार्च १४मा उन्को पनि ६४बर्षको आयुमा मृत्यु भयो।उन्का तिनौटि छोरीहरु जिवित थिए। आज मार्क्स को भौतिक सरिर हाम्रो माझमा छैन तरपनि उनको दर्शनले विस्वब्यापि रुपमा सम्पुर्ण मानव जगतको लागि प्रेणा प्रदान गर्दै आएकोछ।उनैले प्रतिवादन गरेको बर्गशंघर्षले रुसमा अक्टुवर क्रान्ति गरेर लेनिनले पुष्टि गरे।चीन,भियत नाम फ्रान्श,क्युवा रुस लगायतका देशहरुले मार्क्सवादलाई प्राण हालेर देखाएकाछन।आज उन्को २०३वाँ जनम दिनको यो अवसरमा सबै ले उन्को दर्शन शास्त्र बाट प्रेणा लिँनुनै सच्चा श्रद्धान्जली अथावा सम्मान हुँनेछ।

चर्चामा

सम्बन्धित समाचार