• होमपेज
  • समाज
  • बुढीनन्दा नगरपालिकाले भाडामा लिएको जिप यसरी दुरुपयाेग हुदै

बुढीनन्दा नगरपालिकाले भाडामा लिएको जिप यसरी दुरुपयाेग हुदै

  • सोमवार, बैशाख २२, २०७७
बुढीनन्दा नगरपालिकाले भाडामा लिएको जिप यसरी दुरुपयाेग हुदै

बुढिन्नदा नगरपालिकाले भाडामा लिएकाे जिप दुरुपयाे भएकाे पाइएकाे छ ।  लकडाउनको समयमा अति जरुरी कामका लागि बुढीनन्दा नगरपालिकाले जिप भाडामा लिन निर्णय गरेकाे थियाे, तर जिप भने दुरुपयाे भएकाे पाइएकाे छ।

नगरभित्रका अतिजरुरी आवत आजतका काममा प्रयोग गर्न गरि निर्णय भएपछि कार्यान्वयन ठिक उल्टो भएकाे छ । भाडामा लिएको जिपले नगर प्रमुख पदम कुमारी गिरीले व्यक्तिगत कामका लागि गरेकाे पाइएकाे छ । जिपको दुरुपयोग बारे बुढीनन्दा १ का अध्यक्ष नृपराज खत्री, २ का अध्यक्ष भिम बहादुर कार्की, ४ का अध्यक्ष राजन कुमार रोकाया, नगरपालिकाका लेखा प्रमुख विश्वशेर प्रसाद ढकाल, पत्रकार सर्पलाल गिरीको अनुगमन टोलीले नगर प्रमुखकै निजी कामका लागि भईरहेकै अवस्था फेला पारेपछि दुरुपयाेग गरेकाे सार्वजनिक भएकाे हाे ।

प्रमुखले आफु अनुकुल काममा प्रयोग गर्ने, तेल, खाद्यन्न र निर्माणका लागि सिमेन्ट समेत सवारी बोक्ने जिपमै बोकाउने गरिएको छ । नगरकार्यपालिकाले मासिक ५० हजार बढी दिने गरि सम्झौता गरिएको बुझिएकाे छ । जिल्ला बाहिरबाट आएका, अलपत्र परेकाहरुको उद्दारका लागि प्रयोग गर्ने भनिएपनि नगर प्रमुखको निजी कामका लागि मात्र प्रयोग हुने गरेको बुढिनन्दा नगरपालिका ४ का वडा अध्यक्ष राजन कुमार रोकायाले बताएका छन् । राज्यको सम्पत्ती खुलेआम रुपमा दुरुपयोग गरेको भन्दै चौतर्फी विरोध भईरहेको छ । तर नगर प्रमुख यस बारे मौन छन् । विरामी, सुत्केरी र अन्य अलपत्र परेकाहरुका लागि उद्दार गर्न जिप भाडामा लिने निर्णय गरिएको हो । तर नगरले आफू र आफ्ना निकटकाले निर्माणको ठेका लिएको योजनाको सिमेन्ट बोक्न र कामदार बोक्न प्रयोग गर्ने गरेको आरोप रहेकाे छ ।

हेल्थ डेस्कको अनुगमनका लाग जाने क्रममा नगरपालिकाले भाडामा लिएको जिप नगर प्रमुख पदम कुमार गिरीको ठेक्कामा निर्माणाधिन भवनका लागि प्रयोग भईरहेको अवस्थामा भेटाएको पत्रकार सर्पलाल गिरीले बताएका छन् । जिपले नगर प्रमुखको डोजरको टायर तथा सिमेन्ट बोकीरहेकै अवस्थामा फेला पारेका हुन् । नगर प्रमुखले गरेको राज्यको सम्पत्ती माथिको दुरुपयोग र मनोमानीको कार्यपालिका सदस्यले विरोध गरेका छन् ।

Image may contain: outdoor

स्वास्थ्य उपचार, सुत्केरी तथा विरामी बोक्न र अति जरुरी क्षेत्रमा सुरक्षा सामाग्री पुर्याउने काम छोडेर नगर प्रमुखले गरेको मनोमानी र भ्रष्टमानसिकताका विरुद्धमा नेकपा बुढीनन्दा नगरकमिटीले विरोध गरेको छ । नगर कमिटीले प्रशासन मौन बस्नु लज्जाको विषय भएको बताएको छ । नगर कार्यपालिकाले मासिक शुल्क तिर्ने गरि जिप भाडामा लिने निर्णय अनुसार स्थानीय दिपेन्द्र मल्लको जिप भाडामा लिएको हो । जिपलाई विदेशबाट आएका, जिल्ला बाहिर अलपत्र परेका नगरबासीकको उद्दारका लागि प्रयोग गरिनुको साँटो नगर प्रमुखले आफ्नै योजनाको सामान ढुवानीमा लागेको प्रति स्थानीय इन्द्र बोहराले आपत्ती जनाएका छन् ।

लक डाउनको समयमा एक गाउँबाट अर्को गाउँमा मान्छे बोक्ने, सुरक्षा सावधानी नअपनाउने र पास विना आवत जावत गर्न नपाईने प्रावधान छ । तर बुढीनन्दा नगरपालिकाको हकमा त्यो नियम नै लागु भएको अवस्था छैन । नगर प्रमुख निकट श्रोतले भने नगरपालिकाकै काम बाहेक प्रयोग नगरिएको दाबी गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार